पोखरा,भदौ २४ गते
क्यान्सर उपचारको लागि आर्थिक सहायता कार्यक्रमको सुरुवात
गण्डकी प्रदेश सरकारको “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२ को दफा ७ को उपदफा (४) बमोजिम क्यान्सर रोगको उपचारमा गण्डकी प्रदेश सरकारका तर्फबाट थप एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने गरी सम्झौता भई कार्यान्वयनमा आएका अस्पतालहरूलाई सूचीकृत गरी उपदफा (५) बमोजिम देहाय अनुसार अभिलेख प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारी गरेको छ।
सूचीकृत अस्पतालहरूको सूची
सहायता प्राप्त गर्न विद्यमान अस्पतालहरूको सूचीमा निम्नलिखित प्रतिष्ठानहरू समावेश छन्:
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
- बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
- निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
- भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
- कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
आर्थिक सहायता प्राप्त गर्ने प्रक्रिया
आर्थिक सहायता प्राप्त गर्नका लागि अवलम्बन गर्नुपर्ने प्रक्रियाः
(१) गण्डकी प्रदेश स्थायी ठेगाना भएका बिरामीले मात्र यो आर्थिक सहायता प्राप्त गर्न सक्नेछन् ।
(२) नेपाल सरकारले जारी गरेको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०” बमोजिम तोकिएका कडारोगहरू मध्ये क्यान्सर रोगको उपचारको लागि सूचिकृत उल्लिखित ६ वटा अस्पतालहरूमा भर्ना भएको बिरामी हुनुपर्नेछ र नेपाल सरकारबाट उपलब्ध हुने आर्थिक सहायताको सीमा भित्रको सम्पूर्ण रकम बराबरको उपचार सहुलियत प्राप्त गरिसकेको हुनुपर्नेछ ।
(३) गण्डकी प्रदेश सरकारको “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२” को अनुसूची-२ बमोजिम उल्लिखित अस्पतालहरूबाट उपलब्ध हुने निवेदन एवं स्वघोषणा फाराम बिरामी वा नजिकको नातेदारले भरेर सहि छाप गरी अस्पतालमा पेश गर्नुपर्नेछ । यसका अलावा अन्य कुनै थप सिफारिस पत्र पेश गर्नु पर्नेछैन ।
(४) सम्बन्धित अस्पतालले बिरामीको उपचारका वखत लागेको खर्च बमोजिमको रकम यस मन्त्रालयमा माग गरी शोधभर्ना प्राप्त गर्नेछ तर यस कार्यक्रम अन्तर्गत कुनै पनि बिरामीलाई नगद भुक्तानी दिइनेछैन ।
डा. युवानिधि बसौला
प्रदेश सचिव
प्रदेश सचिव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


