
पोखरा ,भदौ १८ गते
प्रस्तुत विषयमा मिति २०८३/०५/१० गते रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढीका कारण विभिन्न वन क्षेत्रयाट बगाई ल्याएका तथा बसेका गोलिया काठ, दाउरा तथा अन्य काष्ठजन्य वन पैदावारहरू नारायणी नदी तथा नदी किनारका विभिन्न स्थानमा बुप्रिएको/छरिएको अवस्था रहेको छ । विशेषगरी यस जिल्ला तर्फ नारायणी नदीको किनारमा उक्त काठहरू नदीको बहाव तथा जोखिमयुक्त स्थानमा रहेको हुँदा सर्वसाधारणले ज्यानको जोखिम मोलेर नदी वा नदी किनारमा प्रवेश परी काठ निकाल्ने, ताने, काट्ने, उठाउने, ओसारपसार गर्ने, विक्री वितरण गर्ने या आफ्नो स्वामित्वमा लिने कार्य नगर्नुहुन सम्बन्धित सबैमा डिभिजन वन कार्यालय,नवलपरासी (ब.सु.पू.) नवलपरासी ले सूचित गरेको छ ।
साथै, बाढीले बगाई ल्याएका काठ, बाउरालाई आफूखुसन चोरीनिकासी, विक्री वितरण वा अन्य कुनै किसिमले प्रयोग गरेको पाइएमा प्रचनित बन ऐन, २०७६, वन नियमावली, २०७९, गण्डकी प्रदेश बन ऐन, २०८०, गण्डकी प्रदेश बन नियमावली, २०८१, तथा बन्य प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत डिभिजन वन कार्यालय,नवलपरासी (ब.सु.पू.) नवलपरासी ले जानकारी गरेको छ । नदीमा पुनः बाढी आउन सक्ने तथा काठ यगेर मानव बस्ती, पुल, सडक, तटबन्ध लगायतका संरचनामा क्षति पुचाउन सक्ने भएकाले जोखिमपूर्ण तरिकाले नदी तथा नदी किनारबाट काठ नझिक्न/नउठाउन समेत अनुरोध गरेको छ ।
प्रचलित कानून बमोजिम यस कार्यालयको कार्यक्षेत्र भित्र वाढीले बगाई ल्याएका काठ, दाउराहरुको पहिचान, लगत संकलन, नापजाँच, सुरक्षित संकलन तथा व्यवस्थापन कार्यका लागि यस कार्यालयबाट सम्वन्धित सव डिभिजन बन कार्यालयलाई आवश्यक निर्देशन तथा सम्बन्धित कार्य क्षेत्रमा रहेका ईलाका प्रहरी कार्यालय, सम्वन्धित सामुदायिक वन उपभोक्ता समूह र सम्बन्धित स्थानीय तहलाई आवश्यक सहयोग गर्न भनि पत्राचार गरिसकेको हुँदा सर्वसाधारणले उक्त कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ। कुनै स्थानमा बाढीले बगाई ल्याएको काठ, दाउरा देखिएमा आफूखुसी उठाउनुको सट्टा नजिकको वन कार्यालय वा सव डिभिजन वन कार्यालय वा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह वा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित स्थानीय तहलाई जानकारी गराई सहयोग गरिदिनुहुन डिभिजन वन कार्यालय,नवलपरासी (ब.सु.पू.) नवलपरासी ले अनुरोध समेत गरेको छ ।स्रोत : Wild Nepal

