पोखरा ,भदौ १७ गते

अर्जुन पोख्रेल , पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार, व्यवसायी, र उद्योगीका रूपमा सम्पूर्ण पोखरामा परिचित छन्। उनले व्यवसायीको हकहित र आर्थिक विकासका लागि निरन्तर प्रयास गर्दै आएका छन्।

लामो समयदेखि व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका पोखरेलले उद्योगी व्यवसायीका समस्या, अवसर र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्।

व्यवसायीको हकहित संरक्षण, व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रलाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहेको पोखरेलको धारणा छ। पोखराको आर्थिक विकासमा उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।

१. पोखरा उद्योग वाणिज्य संघ ग्रेटर पोखराको अवधारणाअनुसार विस्तारित हुनुपर्छ। यी क्षेत्रहरूलाई विश्वव्यापी बजारमा थप प्रवर्द्धन गर्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्न

२. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि राज्यका निकायहरूसँग निरन्तर व्यावसायिक संवाद र दबाब कायम राख्नेछु। अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध स्थापित गर्न व्यावसायिक दूत परिचालन गर्ने तथा द्विपक्षीय अनुभव आदान–प्रदानका कार्यक्रम नियमित गर्ने

३. संघलाई साना, मझौला र ठूला तीनै तहका उद्योगी व्यवसायीको साझा घर बनाउनेछु। सबैको आवाज समान रूपमा सुनिने प्रणालीको विकास गर्न, साना तथा घरेलु उद्योगहरूलाई वित्तीय पहुँच र बजार सुनिश्चितता प्रदान गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्न

४. व्यवसाय सञ्चालनका क्रममा आइपर्ने कानुनी, प्रशासनिक तथा नीतिगत अड्चनहरू हटाउन संघको तर्फबाट सशक्त पैरवी गर्नेछु। अहिले पनि विभिन्न नाममा निजी क्षेत्रमाथि भइरहेको धरपकडलाई संवादमार्फत समाधानको पहल गर्न

५. दिनानुदिन विदेश पलायन भइरहेको ऊर्जावान युवा जनशक्तिलाई पोखरामै रोक्न र उद्यमशीलतामा आकर्षित गर्न विशेष पहल गर्न। यसका लागि पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा सीप, उद्यम र बजारबीचको तादात्म्यता मिलाउने दिगो मोडल विकास गर्न ,नेतृत्वको परीक्षण कठिन समयमा हुन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ।  अहिले निजी क्षेत्र र समग्र पोखरा उद्योग वाणिज्य संघले कठिन समय गुजारिरहेको छ, यस्तो बेला आफ्ना सदस्यहरूको बलियो खम्बा बन्नु नै नेतृत्वको प्रमुख धर्म भनि बताउनु हुन्छ। उहाँ ले संस्थाको मर्यादा र यहाँहरूको हितका लागि देखाएको निरन्तर क्रियाशीलता नै उहाँको उम्मेदवारीको सबैभन्दा ठूलो बल हो भन्ने ठान्नु भएको छ।  तसर्थ  उहाँलाई विश्वास छ कि ,यस पटक व्यवसायी हरूले उहाँ को निष्ठा, धैर्यता र अनवरत प्रयासको उचित मूल्यांकन गर्दै उहाँलाई  पोखरा उद्योग वाणिज्य संघको नेतृत्व सुम्पिनुहुने विश्वास लिनु भएको छ। व्यवसायीहरूको अमूल्य मत र रचनात्मक सहयोगको निरन्तर अपेक्षा राख्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0