पोखरा जेठ २९ गते

आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसूरमा ३ जना मानिस पक्राउ परेका छन्।

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ स्थितमा रहेको सुनचाँदी पसलका संचालकलाई सोही पसलमा काम गर्ने महिलाले आफ्ना २ जना केटा साथीहरुलाई “मेरो पसलको साहुले म माथी यौन दुर्व्यवहार गरेको छ रु.५०,००,०००।– (पचास लाख) माग्नुपर्छ” भनी जिल्ला मोरङ र संखुवासभामा बस्ने २ जना केटा साथीहरुलाई बोलाई तीनैजना मिली हप्ता दिनसम्म पोखरा ६ लेकसाईड स्थित होटलमा सुनचाँदी पसल संचालककी श्रीमतिलाई बोलाई ‘जिन्दगीभर पुग्ने धनसम्पत्ती, बस्ने घर तथा व्यवसायको लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौ’ भन्ने धाकधम्की दिएको र रु.५०,००,०००।– (पचास लाख) मागेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न निम्न ३ जना व्यक्तिहरुलाई पक्राउ गरी सम्मानित कास्की
जिल्ला अदालतबाट आपराधिक विश्वातघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय, कास्की ले जनाएको छ। ।
पक्राउ व्यक्तिहरुको विवरण-

१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ टुटुङ्गा बस्ने वर्ष २७ की मरियम राई,
२. जिल्ला मोरङ बिराटनगर चोक घर बताउने वर्ष ३८ को देव लिम्बु,
३. जिल्ला संखुवासभा सभापोखरी गा.पा. २ बस्ने वर्ष ४० को टेक बहादुर सुवेदी

बरामद सामानहरु :-

1. मोवाईल – ३ थान
2. बार्गेनिङ गरेको अडियो सहितको पेनड्राईभ – १ थान
3. एक्सर्टसन संग सम्बन्धी अन्य कागजातहरु

प्रवक्ता/ सूचना
अधिकारी
प्र.ना.उ. हरी बहादुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0