
पोखरा ,श्रावण ६ गते
चोरी सम्बन्धी कसूरमा १ जना मानिस पक्राउ परेका छन्
मिति २०८२।०४।०२ गते अन्दाजी २३:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटन स्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाभित्र दराजमा राखिएको नगद रु.१२,३०,०००।– (अक्षरुपी बाह्र लाख तिस हजार रुपैया) चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न जिल्ला कास्की माछापुछ्रे गाँउपालिका वडा नं.९ स्थायी घर भएका वर्ष २३ का ओम बहादुर भुजेललाई मिति २०८२।०४।०३ गते अन्दाजी २२:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ डिकोपाटन स्थितबाट चोरी भएको नगद रु.९,९७,५००।- (अक्षरुपी नौ लाख सन्तानब्बे हजार पाँच सय रुपैँया) र मोवाईल थान २ सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दिन १० (दश) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ व्यक्ति तथा बरामद सामानको फोटो :-
प्रवक्ता/ सूचना अधिकारी
प्र.ना.उ. हरी बहादुर

