पोखरा ,भदौ ८ गते

कालिका टोल विकास संस्था र कालिका बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आईतबार भएको तीज गिन प्रतियोगितामा भु.पू सैनिक सकिय आमा समुह समुह प्रथम भएको छ ।
१६ टिमले भाग लिएको प्रतियोगितामा कालिका बहुमुखी क्याम्पस वि. एड् दोस्रो वर्षका विद्यार्थी समुह द्वित्तिय विवि एम तेस्रो वर्षका विद्यार्थी समुह तृत्तिय भए । घुम्ति आमा समुह र बास्केटबल आमा समुहले सान्त्वना पुरस्कार पाए ।
कार्यक्रमको उ‌द्घाटन समारोहलाई संवोधन गर्दै पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य बन्दना के.सी कार्कीले नारीहरुको महान पर्व हरीतालिका तिज से पावन अवसरमा समुदाय र क्याम्पन मिलेर संस्कृति र मौलिकता जोगाउन कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले, नारीहरुको महान चाड हरीतालिका तिजलाई यसको गरीमा, महत्त्व र परम्परालाई कायम राखी कार्यक्रमहरु संचालन गर्नुपर्ने बताए। उनले क्याम्पसले समुदायसग सहकार्य गरेर मौलिक संस्कृतिको संरक्षण गर्न प्रयास गरेको र यसका लागी समुदायले जुन सहयोग गरेको छ ज्यादै प्रशमानिय रहेको र क्याम्पस परिवारको तर्फबाट कालिका टोल विकास संस्था र यस संग सम्बन्धित विभिन्न आमा समुह पति आभार व्यक्त गरे ।
प्रतियोगितामा क्याम्पसका विद्यार्थीहरु, शिक्षिकाहरु र टोलका आमा समुहहरुले नेपाली समाजमा चेलिबेटिले भोग्नुपरेका तिता यथार्थ, घरायसी हिंसा, विद्यार्थीका अधिकारका बारेमा गितका साथै नृत्य प्रस्तुत गरेका थिए ।
कालिका टोल विकास संस्थाका अध्यक्ष टुक बहादुर गुरुङ्गको अध्यक्षतामा भएको प्रतियोगितामा क्याम्पसका उप- प्राध्यापक सबिता गौतमले संञ्चालन गरेका थिए भने स्वागत कार्यक्रम संयोजक साम्राज्ञी थापा र कालिका टोल विकास संस्थाका उपाध्यक्ष दिपक रेग्मीले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन मोहन गुरुङ्ग, डम्मर कुमारी गुरुङ्ग, महेन्द्र गुरुङ्ग, खुमानन्द कडेल, पुष्पा गुरुङ्ग, कुशुम गुरुङ्ग, पार्वति मिश्रा, विमला गुरुङ्ग, योगमाया गुरुङ्ग लगायतले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो भने उहाहरुलाई क्याम्पम प्रेमुख र टोल विकास संस्थाका अध्यक्ष ले प्रशंसा पत्र प्रदान गरेका थिए । निर्णायकहरुमा उप-प्राध्यापकहरु जमुना बराल, भावना तिवारी र जुना ढकाल रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0