
२०८२-पुष ५ गते
उपचारका लागि अस्पताल बनाउनुभन्दा निरोगी हुने कार्यक्रम बढाउन खेल मैदान निर्माणमा जोड दिएका छौँ’ – वडाध्यक्ष, महर्जन
पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा गराइनेछ । यस अन्तर्गत ६ वटा तौल समूह, २ वटा स्पोर्ट फिजिक्स र एउटा ओभरअल प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ तौल समूहमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि हुनेछ । एथलेटिक्स फिजिक्स अन्तर्गत १७० सेन्टिमिटर भन्दा माथि र १७० सेन्टिमिटरसम्म गरी दुई विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रत्येक तौल समूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारी हुनेछन् । उनीहरुले ओभरअल प्रतिस्पर्धा गर्नेछन् । ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित ५ लाख रुपियाँ नगद, ट्रफी र ब्यानेट प्रदान गरिनेछ ।
प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ । दोस्रो दिन प्रिजजिङ र फाइनल खेल हुनेछ ।
प्रत्येक तौल समूहका विजेतालाई १ लाख रुपियाँ नगद, पदक र प्रमाण पत्र प्रदान गरिनेछ । गएको वर्ष यसको राशी ७५ हजार रुपियाँ थियो । यस बर्ष बढाएर १ लाख रुपियाँ बनाइएको हो । तौल समूहका उपविजेता, तेस्रो, चौथौ र पाँचौँ स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमशः ५० हजार रुपियाँ, २५ हजार रुपियाँ, १५ हजार रुपियाँ र १० हजार रुपियाँ नगदसहितको पुरस्कार दिइनेछ ।
एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार जनही १ लाख २५ हजार रुपियाँ रुपियाँ राखिएको छ । दोस्रो, तेस्रो, चौथौ र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ७५ हजार रुपियाँ, ५० हजार रुपियाँ, २५ हजार रुपियाँ र १० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

