
२०८२-पुष ६ गते
आ.व. 20८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि सरोकारवाला हरुसँग अन्तरक्रिया कार्यक्रम बिशेष गरि खाद्य श्रृङ्खलाको पहिलो चरणमा रहने खाद्य बस्तु उत्पादक उद्योगीहरुलाई लक्षित गरि गण्डकी प्रदेश भित्र संचालित बिभिन्न खाद्य बस्तु उत्पादन गर्ने उद्योगी व्यवसायीहरुलाई समेटी हालै मात्र नेपाल सरकारबाट जारी भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा उल्लेखित प्रावधानहरु र उक्त ऐनको प्रभावकारी कार्यन्वयनका लागि आम उद्योगी व्यवसायीहरुको जिम्मेवारीको बारेमा जानकारी गरिएको थियो साथै उद्योगीहरुले आफुले उत्पादन गर्ने खाद्य बस्तुको गुणस्तरीयता कायम गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, मेशिनरी, सरसफाई लगायतका प्राविधिक र कानुनी पाटोमा समेत सचेत गराउनुको साथै अहिलेको डिजिटल युगमा हालै मात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको अनुमति पत्र सम्बन्धि अनलाइन पोर्टल (NEFFILS) को प्रयोग गर्ने तरिकाको बारेमा डेमो कक्षा समेत दिइएको थियो ।
मिति 20८२/0९/०४ गते बिहान ११ बजे बाट यस खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको कार्यालय प्रमुख ब.खा.अ.अ श्री विजन श्रेष्ठज्यूको अध्यक्षतामा खाद्य प्रविधि तथा गुण नियनत्रण डिभिजन कार्यालय बागलुंग तथा दमौलीका कार्यालय प्रमुखज्यूहरु क्रमशः श्री सुमन लामिछाने र श्री ज्योति आचार्यको समेत उपस्थितिमा समग्र गण्डकी प्रदेश भित्र खाद्य बस्तु उत्पादन गर्ने ९५ जना उद्योगी व्यवसायी समेत गरि कुल १०८ जनाकोको उपस्थितिमा उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा सर्वप्रथम प्रशिक्षकबाट प्राविधिक र कानुनी पाटोमा उद्योगीको भूमिकामा सचेत गराई सो सम्बन्धमा उद्योगीहरुको हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारका बिषयमा छलफल तथा अन्तरक्रिया सहित यसै कार्यालयको सभाहलमा कार्यक्रम संचालन गरिएको थियो ।
सो कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका कार्यालय प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्री विजन श्रेष्ठज्यूले खाद्य स्वच्छता र यसको महत्व तथा बिध्यमान खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा तोकिएको कानुनी व्यवस्था सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दोश्रो र तेश्रो कार्यपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बाग्लुंगका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत श्री सुमन लामिछानेज्यू र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले राख्नु भएको थियो उक्त प्रस्तुतिहरुमा हालै मात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले जारी गरेको अनुमतिपत्र सम्बन्धि कार्य गर्ने अनलाइन प्लेटफर्म NEFFILS (https://neffils.dftqc.gov.np/ ) को प्रयोग बिधि सम्बन्धि सामग्री र खाद्य स्वच्छता र गुणस्तर कायम गर्न अवलम्बन गरिने प्रविधि तथा पद्दति सम्बन्धि विस्तृत विवरण सहितको प्राविधिक प्रस्ताव सम्बन्धि जानकारी समेटिएको थियो ।
कार्यक्रम संचालन कार्यालयका खाद्य निरीक्षण अधिकारी अशोक गौतमले गर्नुभएको थियो । कार्यक्रममा हरेक प्रस्तुति संगै छलफलको लागि फ्लोर ओपन गरिएको थियो । छलफलका क्रममा उत्पादक हरु बिचको प्रतिस्पर्धा मुल्यमा नभई गुणस्तरमा हुन सकेमा मात्र स्वच्छ र गुणस्तरी खाद्यबस्तुको उपलब्धताको ग्यारेन्टी हुने बताईएको थियो |छलफल पश्चात कार्यक्रमको सभापति तथा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय पोखराका कार्यालय प्रमुख श्री विजन श्रेष्ठज्यूले कार्यपत्र तथा छलफल/अन्तरक्रियामा उठेका सबालहरुको निचोड सहितको जवाफ दिदै खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयबाट उद्योगको निरीक्षण अनुगमनमा पहिल्याएका त्रुटीहरु अनिवार्य रुपमा सच्याई दिइएका निर्देशनहरुको पूर्ण पालना गर्न सके मात्र स्वच्छ खाद्यबस्तु आम जनताले उपभोग गर्न पाउने बिषयमा आफु अडिग रहेकोले अनुगमन तथा निरिक्षणको कार्यलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन निरीक्षणमा संलग्न कर्मचारीहरुलाई समेत आग्रह गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ कडाइका साथ लागु गराई खाद्य स्वच्छता कायम गर्न सदैब लागि पर्ने बताउनुभयो । अन्तमा यस कार्यक्रमको लक्ष्य सम्पूर्ण उद्योगीले अनिवार्य रुपमा पालना गर्नुपर्ने न्युनतम सर्तहरुको बिषय सम्पूर्ण उद्योगीलाई एकै स्थानमा राखी सचेत बनाउनु रहेको र त्यसमा सक्रिय सहभागी भई आफ्नो राय सुझाव समेत पेश गरेकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

