पोखरा ,माघ ३ गते

सदा शिवजि सिद्धेश्वर हरिहर मन्दिर, सिद्धगुफा वेद वेदविधाश्रम गुठि व्यबस्थापन समिति पोखरा-१७, महतगौडा, सितापाइला ले आयोजना गरेको १ दिने भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ।

 

बर्सौनी माघ १ गते अर्थात माघे संक्रान्ति को अवसर पारेर प्रतियोगिता गर्ने गरेको आयोजक को भनाइ छ। यसपाली को भजन कृतन प्रतियोगितामा सहभागी दर्ता समूह १३ रहेको मध्य प्रतियोगिता मा ९ दर्ता समूह मात्र सहभागी भएका आयोजक को भनाइ रहेको छ । भजन कृतन प्रतियोगिता मा प्रथम भएका धर्मस्थली भजन समूह ले रु २५,०००/- नगद पुरस्कार ,दित्तीय भएका शिव पंचायन ले रु २०,०००/- नगद पुरस्कार , तृत्तीय भएका घारी कुलो भजन समुहले रु १५,०००/- नगद पुरस्कार ,सान्त्वना भएका केदारेश्वर वेद विधाश्रम समुहले रु ५,०००/- नगद पुरस्कार ,अर्का सान्त्वना पाउने मिलिजुली भजन समूह ले रु ५,०००/- नगद पुरस्कार र प्रोत्साहन स्वरुप भनेर लम्बोदर भजन समुहले रु २,०००/- नगद पुरस्कार प्राप्त गरेका थिए। सदा शिवजि सिद्धेश्वर हरिहर मन्दिर, का सचिव श्री हरि प्रसाद भण्डारी ले यसपाली भजन कृतन प्रतियोगितामा १३ जना भजन टिम दर्ता भएपनी सहभागी संख्या घट्नु का कारण भनेको पुरस्कार राशि कमि भएको ले हो भनि बताउनु भएको थियो। तर मेला मा भजन कृतन सुन्नेहरुको रौनक भने बाक्लिएको बताउनु भएको थियो। उक्त प्रतियोगिता को प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य श्री भिम बहादुर कार्की रहनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0