काठमाडौँ,माघ १० गते
सरस्वती पूजाका दिन काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ११५ जना बालबालिकाको अक्षरारम्भ
गएको वर्षभन्दा यस वर्ष १४४ जना बढी बालबालिकाले अक्षरारम्भ गरेका छन्
काठमाडौँ महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा सरस्वती पूजाको अवसर पारेर यस वर्ष १ हजार ११५ जना बालबालिकाले अक्षरारम्भ गरेका छन् । यसरी अक्षरारम्भ गर्नेहरुमा ५२५ जना छात्रा र ५९० जना छात्र छन् । यो संख्या गएको वर्षभन्दा १४४ जनाले बढी हो । गएको वर्ष यस दिन ९७१ जना बालबालिकाले अक्षरारम्भ गरेका थिए ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये कारागारभित्रका विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छैनन् । बाँकी विद्यालयहरुमा छन् ।स्रोत :metronews.kathmandu
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0