पोखरा ,माघ ११ गते
स्वागत तथा अभिमूखिकरण गोष्ठी सम्पन्न
कालिका बहुमुखी क्याम्पसमा एम वि एस प्रथम सेमेष्टर, विद्यार्थीहरुकालागि एक दिने स्वागत तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ। । व्यवस्थापन संकायका विभागीय प्रमुख श्री सन्तोषमणी लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख बिरन्जी गौतमले क्याम्पसको पृष्ठभुमि, पाँच वर्षे रणनितिक योजना वार्षिक कार्यकम र सेमेष्टर कार्यकम विच भिन्नताका वारेमा प्रस्तुतीकरण गर्नुको साथै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि सिप, व्यवहारीक ज्ञानर रोजगारीका लागि विभिन्न रोजगारमुलक सस्थाहरुसंग भएको सम्झौताका वारेमा जानकरी प्रदान गर्दै विद्यार्थीहरुले उक्त अवसरहरुलाई सदुप्रयोग गर्नु पर्ने विचार व्यक्त गरे।
उनले क्याम्पसमा स्थापना भएको इन्क्युभेसन केन्द्र मार्फत उद्यमशिल भई स्वदेशमा नै केही गर्ने सकिन्छ भन्ने उदाहरण बन्न नव आगन्तुक विद्यार्थीहरुलाई प्रेरित गरे । प्राध्यापक माधव बरालले स्नाकोत्तरमा अध्ययनरत विद्यार्थीहरु अनुसन्धानमा बढी केन्द्रित हुनु पर्ने र त्यसका लागि कालिका अनुसन्धान केन्द्र मार्फत लघू अनुसन्धानलाई प्रोत्साहन गर्न प्रति अनुसन्धान रु २५०००/- प्रदान गर्दै आएको जानकारी दिए । उप- प्राध्यापक सुनिल कोइरालाले एम वि एस मा पढाई हुने विषयहरु र परीक्षा प्रणालीका वारेमा जानकारी प्रदान गरे ।
कार्यक्रमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै सहायक क्याम्पस प्रमुख श्री शालिकराम तिमिल्सिनाले विद्यार्थीहरुलाई केन्द्रमा राखि क्याम्पसले आफ्नो शैक्षिक गतिविधि संचालन गरेको वताउदै उपस्थित विद्यार्थीहरुलाई खादा लगाई स्वागत गरेका थिए । गोष्ठीमा शिक्षक र विद्यार्थी गरी ४१ जना सहभागी रहेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख श्री गुरुङ्गले गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


