
काठमाडौँ ,चैत्र २१ गते
केही स्वास्थ्य संस्थाहरूले सम्झौता पालना नगरेकोले, कार्यान्वयन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछ। साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

