
पोखरा बैशाख १३ गते
गण्डकी प्रदेश निर्माण व्यवसायी संघ ले मूल्यवृद्धि को कारण निर्माण उद्योग ठप्प हुने चेतावनी दिएका छ्न ।
इन्धनजन्य सामाग्रीमा भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले पूर्वाधार क्षेत्रमा ‘सुनामी’, निर्माण सामग्रीहरूको अभावका कारण निर्माण उद्योग ठप्प हुने स्थिति रहेकाले ‘म्यादथप’ एवम ‘मूल्य समायोजन’ अपरिहार्य रहेको पत्रकार सम्मेलन मा गण्डकी प्रदेश निर्माण व्यवसायी संघ ले बताएको थियो । मध्यपूर्वमाजारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले गर्दा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको प्रति गण्डकी प्रदेश संघ नेपाल सरकार सहित सम्बन्धित सबै निकायको पुनः गम्भीर ध्यानाकर्षण गराएको छ । इन्धनजन्य सामाग्रीहरू सहित निर्माण कार्यमा व्यापक प्रयोग हुने विटुमिन, सिमेण्ट, डण्डी लगायतका निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उल्लेखित सामाग्रीहरूको अभावले निर्माण उद्योग लगभग ठप्प हुने स्थितिमा पुगेको गण्डकी प्रदेश निर्माण व्यवसायी संघ ले पत्रकार सम्मेलनमा बताएको थियो ।
भौतिकपूर्वाधार क्षेत्रमा आएको यस किसिमको ‘सुनामी’का कारण मुलुकको समय अर्थतन्त्रमा गम्भीर असर देखिन शुरु भइसकेको निर्माण उद्योगको यस्तो विकराल परिस्थितिका विषयमा यस संघले बारम्बार नेपाल सरकार लगायतका निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको समेत गण्डकी प्रदेश निर्माण व्यवसायी संघ ले पत्रकार सम्मेलनमा बताएको थियो । समस्या समाधानकालागि ठोस पहल नगरी नेपाल सरकारले करीब दुई महिनादेखि लगातार मौखिक आश्वासनमात्र दिएका कारण पुर्वाधार क्षेत्रका निर्माण व्यवसायीहरू र उक्त व्यवसायमा आबद्ध लाखौं श्रमीकहरू तथा यस क्षेत्रसंग सम्बन्धित अन्यउद्योगहरु आर्थिक रुपमा धाराशायी भएको सम्मेलन मा बताइएको थियो । ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मुल्यवृद्धि भएतापनि राष्ट्र बैंकको सूचकाङ्क मा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रवृत्तिका कारण निर्माण उद्योग पीडामा परेको बताइएको थियो ।
निर्माण कार्य तीव्र रुपमाहुने अहिलेकै समयमानै इन्धन सामग्रीहरू सहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई लामो समय सम्म ठूलो आर्थिक भार परी निर्माणाधीन आयोजनाहरूको निकट भविष्यमै गम्भीर प्रश्न खडा हुनगइरहेको पत्रकार सम्मेलनमा बताइएको छ। इन्धन सामग्रीहरूमा भएको निरन्तरको मूल्यवृद्धि तथा निर्माण सामग्रीहरूको अभावमा राष्ट्रिय गौरवका आयोजनाहरू सहित मुलुकभरका अन्य साना ठूला सबै आयोजनाहरूको काम लगभग ठप्प भएको छ। प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मुल्य समायोजनको मार्ग निर्देशिका-२ तत्कालजारी गर्न र सबै अबधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै निर्माण व्यवसायीहरूलाई तत्काल राहतदिन र निर्माण उद्योगलाई धराशायी हुनबाट बचाउन संघ सरकार समक्ष अपील गरेको छ । साथै अहिलेको गम्भीर परिस्थितिका कारण निर्माण आयोजनाहरू पूर्व निर्धारित समयमै सकिने कुनै सम्भावना नभएकाले बैंक ग्यारेण्टी, इन्सुरेन्स तथा थपक्षतिपूर्ति सहित सबै आयोजनाहरूको म्याद थपका लागि आवश्यक पहल गरिदिन यस प्रदेश संघ नेपाल सरकारका सम्बन्धित सबै पक्षहरू समक्ष गण्डकी प्रदेश निर्माण व्यवसायी संघ ले अपिल गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
