
काठमाडौँ,असार ३१ गते
निःशुल्क क्यान्सर परीक्षण शिविरका ९० जना महिलामा एचपीभी डीएनएको रिपोर्ट, पोजेटिभ : २,७७९ जनाको परीक्षण
२०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म प्रारम्भिक परीक्षण : त्यसपछि पोजेटिभ भएकालाई बोलाएर थप परीक्षण
एचपीभी डीएनए पोजेटिभ हुनु क्यान्सर हुनु होइन । यसबाट संक्रमण भएर क्यान्सर हुन सक्ने जोखिम चाहिँ हो ।
क्यान्सर परीक्षण गरिएका ३५ दिन अवधिमा ३ हजार ४९४ जनाले जाँच गराउन स्वास्थ्य प्रवर्धन केन्द्रमा नाम दर्ता गरेर रिफरल स्लिप लिनुभएको थियो । उहाँहरुमध्ये २ हजार ९७५ जना मात्र जाँचका लागि अस्पताल पुग्नुभयो । कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार जाँच गर्न पुग्नुभएका मध्ये २ हजार ७७९ जनाको एचपीभीसँगै २ हजार ९६१ जनाको स्तन क्यान्सर परीक्षण गरियो । उहाँहरुमध्ये ४११ जनाको मेमोग्राम गरियो । ४९४ जनाको स्तनको भिडियो एक्सरे गरियो ।
उहाँहरुमध्ये ४ जनाको स्तनको वायोप्सी गर्नु पर्ने देखियो । उहाँहरुमध्ये १ जना सम्पर्कमा नै आउनु भएन । २ जनाको रिपोर्ट पोजेटिभ देखियो । उहाँहरु अहिले उपचाररत हुनुहुन्छ । १ जनाको स्तनमा मासु पलाएको पाइयो ।स्रोत : काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

