
पोखरा ,फागुन ,०१ गते
नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा आयोजित १९ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०८१ को तयारि तिव्र गति ले अघि बढेको आजको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ। आफ्नो युवा अवस्थामा खेलाडीको रुपमा यस क्षेत्र लगाएत राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी पुराना खेलाडीहरु तथा राष्ट्रको खेलकुद विकासमा विशिष्ट योगदान पुरायाका खेलप्रेमीहरुको साझा संस्था नेपाल भूतपर्व खेलाडी मञ्चको गठन वि स २०५८ सालमा भएको हो । विविध खेलहरुसंग आवद्ध सदस्यहरुको सलग्नता रहेको मञ्चको प्रमुख उद्देश्य मुलुकको खेलकुद विकासमा सहयोग पुराउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृति विकास गराउनु विज्ञप्ति मा उल्लेख रहेको छ । पोखरालाई दौड संस्कृतिको विकास गरि स्वस्थ्य र मानसिक रुपमा नागरिकहरुलाई सचेतना प्रदान गर्न यस मञ्चले आगामी योजना अनुरुप मासिक साप्ताहिक दौड कार्यक्रमहरु अघि बढाउने कुराको जानकारी पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो। पोखरा महानगर पालिकाको आर्थिक वर्ष २०८१ /२०८२ को निति तथा कार्यक्रममा “स्वच्छ पोखरा स्वस्थ पोखरेली” को नारालाई आत्मसाथ गर्दै, गत पौष २७ गते र माघ १९ गते गरी दुई संस्करणका ३ किमि र ५ किमि छात्र/छात्रा दौड प्रतियोगिता सम्पन्न गरेको सम्मेलन मा जानकारी गराइएको थियो । साथै यस वर्ष खेलकूद मार्फत जनमानसमा चेतना जगाउन ‘स्वास्थका लागि पोखराका लागि’ सगै पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको लागि दौडौ भन्ने नारालाई अघि सारेको र यसका साथै, विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने CITY MARATHON को अवधारणा अनुरुप नै यस सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन (SPORTS TOURISM) प्रवर्द्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाई म्याराथन प्रतियोगिताको आयोजना हुँदै आईरहेको विज्ञप्ति मा उल्लेख गराइएको थियो । हरेक वर्ष फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना हुने बमोजिम यो वर्ष पनि फागुन ३ गते, शनिवार हुने भएको र “१९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०८१” लाई व्यवस्थित रुपमा संचालन गर्न २८ वटा विभिन्न उपसमिति गठन गरी अन्तिम तयारी पुरा भएको सम्मेलन मा जानकारी गराइएको थियो।
यो वर्ष पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १४ वटा क्याटोगरीहरु हुने भएको छ। जसअन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, गण्डकी प्रदेशस्तरीय खुला म्याराथन ४२.१९५ किमि दौड, २१.०९७ किमि हाफ म्याराथन महिला/पुरुष दौड, महिला पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, ५० वर्ष भन्दा माथी ५ किमि भेट्रान्स महिला/पुरुप दौड हुनेछन् भने सगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘Run For Fun’ हुने र पोखरा म्याराथनअन्तर्गत नै गत माघ २६ गते महिला/पुरुप हिथल चियर तथा दृष्टिविहिन महिला/पुरुष दौड सम्पन्न गरिसकेको विज्ञाप्ति मा उल्लेख गरिएको थियो।
विगत तीन वर्ष देखि पुरस्कार राशीमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागि हुने धावकहरुलाई थप आकर्षण दिने प्रयास गरेको र खुल्ला ४२.१९५ किमि म्याराथनको नेपाली खेलकुदको इतिहासमा गत तीन वर्ष देधि प्रथम पुरस्कार नगद रु ५ लाख लाखलाई निरन्तरता दिदै द्वितिय लाई ३ लाख, तृतियलाई २ लाख र सान्त्चना स्वरूप चौथो देखि ८ जना सम्मलाई नगद ३० देखि १० हजार प्रदान गर्ने भनिएको पत्रकार सम्मेलन मा जानकारी गराइएको छ ।