Home Top-Headline सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि १५३ जना फरार प्रतिवादीहरु पक्राउ

सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि १५३ जना फरार प्रतिवादीहरु पक्राउ

0

पोखरा ,माघ ३० गते

मिति २०८१ साल माघ १ गतेदेखी ऐ.३० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की
तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित अदालतबाट
विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १५३ जना (पुरुष-
१२५ जना, महिला- २८ जना) फरार प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको
लागि सम्मानित अदालतमा बुझाइएको ।
निजहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र रु.१,५२,४८,८८६।- (एक करोड
बाउन्न लाख अड्चालिस हजार आठ सय छयासी रुपैँया) जरिवाना असुल गर्नको लागि
सम्मानित अदालतमा उपस्थित गराईएको । पक्राउ व्यक्तिहरु
तथा मुद्दाको संख्यात्मक विवरण :
1. चेक अनादार मुद्दामा – ९६ जना,
2. लागू औषध सम्बन्धी मुद्दामा – १४ जना,
3. बैंकिङ कसूर मुद्दामा – १८ जना,
4. अभद्र व्यवहार मुद्दामा – ५ जना,
5. न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेको सम्बन्धीमुद्दामा – २ जना,
6. स्वास्थ्य कर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा – २ जना,
7. सवारी ज्यान मुद्दामा – १ जना
8. कुटपिट मुद्दामा १ जना,
9. जालसाझी मुद्दामा – ४ जना,
10. लेनदेन मुद्दामा – १ जना,
11. चोरी मुद्दामा – ९ जना,

नि.सूचना अधिकारी
(प्र.नि. अविनाश दिप
जि.सी.)
जिल्ला प्रहरी
कार्यालय कास्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here