पोखरा , फागुन १५ गते

सन् २०२५ (हज १४४६) को हजमा जाने इच्छुक नेपालि मुस्लिमहरु धर्मालम्बिहरु ( नेपाली हज यात्रीहरु ) का लागि नेपाल हज समितिको सचिवालय ले आवेदन गर्ने सम्पूर्ण आवेदकहरूका लागि सूचना बमोजिम रकम बुझाउनका लागि अनुरोध गरेको छ। साउदी अरब प्रस्थान गर्ने नेपालि हज यात्रीहरुले एकमुष्ट रकम रु ३,७०,०००/- ( रुपैयाँ तिन लाख सत्तरी हजार ) तिर्नुपर्ने नेपाल हज समितिको सचिवालय सिंहदरवार(गृह मन्त्रालयको पुरानो भवन), काठमाण्डौँ का अध्यक्ष इश्रा मुल्ला मिया ले बताउनु भएको छ। सन् २०२५ को मे महिना को १८,१९ तारिख तिर नेपाली हज यात्रीहरु साउदी अरब प्रस्थान गर्ने पनि अध्यक्ष इश्रा मुल्ला मिया ले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0