पोखरा भदौ ७ गते

महिला सिप विकास संस्था पोखराको २९ औं साधारण सभा तथा १७ औं अधिवेशन  र महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ। कार्यकम को प्रमुख अतिथि  : Lions International multi chair person श्री मिलन थापा ज्यू रहनु भएको थियो भने कार्यकम को  अध्यक्षता संयुक्त रुपमा महिला सिप विकास संस्थाका कि  अध्यक्ष श्री देवि गुरुङ्ग ज्यू,र  महिला सिप विकास संस्था पोखरा को प्रमुख कार्यकारी निर्देशक श्री रामकली खड्का ज्यू दुवैले गर्नु भएको थियो। विशिष्ट  अतिथिमा पत्रकार नारायण कार्की लगाएत अन्य पधाधिकारीहरु रहनु भएको थियो । कार्यक्रम  मा महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड कि अध्यक्ष तथा महिला सिप विकास संस्था पोखरा को  प्रमुख कार्यकारी निर्देशक श्री रामकली खड्का ज्यु ले वि. स. २०६६/६७ सालमा स्थापना गरेको महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड ले हामि लाइ धेरै टेवा पुर्यायको अनुभव गरेका बताउनु थियो  ।

सहकारी मा महिला सिप विकास संस्था बाहेक का कोहि पनि दिदि बहिनीहरु नराखेको बताउनु भएको थियो । महिला सिप विकास संस्था अहिले ५० बर्ष पुग्नु को कारण यस संस्था मा जोडिनु भएका महिला दिदीबहिनीहरुको साथ् र सहयोग बाट नै हो भनि बताउनु भएको थियो । उहाँले यो संस्था मा लागिपरिरहनु भएका महिला दिदीबहिनीहरु र पिडित क्षेत्रका महिलाहरुलाई पनि सम्मान गरिरहेको बताउनु भएको थियो। कार्यकम को प्रमुख अतिथि रहनु भएका मिलन थापा ले महिला सिप विकास संस्था मा जोडीएर लाग्नु भएका आमा दिदीबहिनीहरुलाई विशेष धन्यवाद दिंदै कोभिड को समय मा महिला सिप विकास संस्था संग जोडिएर केहि राहत सामग्री वितरण गरेको बताउनु भएको थियो । उहाँले यस संस्था मा आवद्द महिला दिदीबहिनीहरुको अथक प्रयास ले बाबु नानीहरुको उज्वल भविष्य लाई टेवा पुगेको उहाँले बताउंदै हरितालिका तिज को शुभकामना दिनु भएको थियो ।

साथै उहाँले संजीवनी समूह र लायन्स को तर्फ बाट आफ्नो पढाइ निरन्तर दिने तर आर्थिक अभाव का कारण पढ्न  चाहाने महिला दिदिबहिनिहरुको बाबु नानीहरुलाई सहयोग गर्ने पनि बताउनु भएको थियो । विशिष्ट  अतिथि रहनु भएका  पत्रकार नारायण कार्की ले वर्तमान  समय मा नेपाल को सन्दर्भ मा  यस संस्था महिला दिदिबहिनीहरु लगाएत  अपाङ्ग भएका दिदीबहिनीहरुलाई पनि रोजगार दिएको छ , यो संस्थाको सहकारीले थप आय बढाउन मद्दत पुरायाएको छ । पुरुषहरुले संचालन गरेका सहकारी भन्दा महिला दिदिबहिनिहरुले संचालन गरेका सहकारी राम्रो भएको छ , महिला दिदीबहिनीहरुको भविष्य लाइ साथ दिएको छ र सहकारीमा सदस्य लिनु नभएका दिदिबहिनीहरुलाई सदस्य लिनु होला भन्दै हरितालिका तिजको शुभकामना व्यक्त गर्नु भएको थियो। सहकारीका सचिव सुभद्रा थापा ले वर्तमान अवस्थामा धेरै सहकारी अप्ठारो अबस्थामा  पनि यो  सहकारी सन्तोषजनक अवस्था रहेको बताउनु भएको थियो । सहकारी एउटा महिला सहकारी हो । महिला सिप विकास संस्थामा आवद्ध सम्पुर्ण महिला दिदी बहिनीहरुलाई यस सहकारी संस्थामा पनि आवद्ध गराउने उद्देश्यले यो सहकारीको स्थापना एवं सञ्चालन गरिएको हो ।

दिदी बहिनीको अपार माया र विश्वास वटुल्दै अघि बढी रहेको बताउनु भएको थियो ।   महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५औं बार्षिक साधारण सभामा   सचिवको प्रतिवेदन  प्रस्तुत गर्दै , कार्यक्रम मा   SEE उत्तीर्ण ,Class 12 उत्तीर्ण, Bachelor’s उत्तीर्ण  भएका संस्था मा आवद्द महिला दिदिबहिनिहरुको छोरा -छोरीहरुहरुलाई  सम्मान पत्र प्रदान गरिएको   थियो । कार्यक्रम मा  सम्मान संस्था तर्फ (आजिवन सदस्यता life member)  सारदा वि.क., चन्द्रकला के. सि  सम्मान सहकारी असल बचतकर्ता तर्फ दुर्गा देवि गुरुङ  रिठेपानी,. चिनिमाया गुरुङ  ,सम्मान सहकारी असल कारोबार  तर्फ  कृष्ण कुमारी पाध्ये न्यौपाने ,आस कुमारी गुरुङ्ग महिला सिप विकास संस्था तर्फ नगद सम्मान सेवा निवृतहरुमा गजमति गुरुङ , मैश्री गुरुङ , विवि माया गुरुङ ,महिला सिप विकास संस्था तर्फ कार्य समिति सम्मान चुमाया पुर्जा, सारदा वि.क., मञ्जु कुमाल, ज्ञानशोभा गुरुङ  संस्थामा राम्रो अनुशासन तथा काम गर्ने मा सिलाइ तर्फ मन कुमारी थापा ,गुडिया बनाउने  मा चिजा  माया   गुरुङ  , बुनाइ तर्फ़ उषा  गुरुङ , रिना तामाङ्ग , अनिता गुरुङ , रंगाई मा भिम कुमारी राइ ,डोरी बाट्ने मा निरा चौधरी लाई सम्मान गरिएको थियो । २०७८/०९/०१ सम्ममा सदस्य संख्या: ५७५ जना,

महिला सिप विकास बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्षको प्रतिवेदन ले  संस्थाको आ.व. २०८१÷०८२ को लेखा परिक्षणको प्रतिवेदन सहित आ.व. २०८१÷०८२ आषाढ मसान्तसम्मको आर्थिक गतिविधि तथा अनुमानित आय व्यय विवरण अन्तर्गत १.गत आ.व. मा शेयर सदस्यता ४९२ जना थियो भने यो आ.व. २०८१÷०८२ मा शेयर सदस्य संख्या ५१४ जना पुगेको छ र शेयर पूंजि रु १,० ८,७३,५०० (एक करोड आठ लाख तिरत्तर हजार पाँच सय मात्र) रहेको छ ।

२.यो आ.व. मा घरयासी, कृषि तथा व्यापारिक लगानिमा जम्मा रु २,५१,५०,८५१ (दुई करोड एकाउन्न लाख पचास हजार आठ सय एकाउन्न रुपैया मात्र) लगानिमा रहेको छ ।

३.यस सहकारी संस्थाको यो आ.व.२०८१÷०८२ को आषाढ मसान्त सम्ममा बचत रकम रु २,०१,४२,६३४।३० – दुई करोड एक लाख बैयालिस हजार छ सय चौत्तिस रुपैया तिस पैसा रहेको छ । हामीले आवधिक बचत पनि लिने जनाएको  छ ।

४.यो वर्षको कुल आम्दानी तथा खर्च अन्तर्गत
लगानिबाट ब्याज आय ३७,५६,१३०।८१ बचतमा ब्याज खर्च १३,३०,७६९।०२
बैकबाट ब्याज आय ३५,८३७।२७ कर्मचारी तलब भता  खर्च ६,५०,०००।००
अन्य आम्दानी ४,७८,४७४ प्रशासनिकखर्च विभिन्न शिर्षहरुमा १६,३७,१६३।००
सम्पत्ति मा ह्रास खर्च५५४६।९९
कर्जा जोखिम कोष व्यवस्थारु १८,७४,८४१।१५
जम्मा रु. ४२,७०,४४२।१६ जम्मा रु.५४,९८,३२०।१६
कर्जा जोखिम कोषको व्यवस्था अनिवार्य गर्नुपर्ने कारण यस वर्ष को बचतमा रु १८,७४,८४१ (अठार लाख चौरत्तर हजार आठ सय एकचालिस रुपैँया )वढी खर्च भएको छ । आम्दानीबाट खर्च घटाउंदा आयकर अगाडिको खुद नाफा (रु ५,१७,८६७।७४)(पाँच लाख सत्र हजार आठ सय सरसठी रुपैया चऔँरत्तर पैसा) र जगेडा कोषमा तथा अन्य कोषमा रु. ११,४१,४११।९२ (एघार लाख एकचालीस हजार चार सय एघार रुपैँया बयानब्बे पैसा) पुगेको छ ।यस वर्ष शेयर सदस्य संख्या ५१४ जना र शेयर पूंजि रु. १ करोड माथि रहेको छ । बचत पनि यो वर्ष गत वर्षहरुमा भन्दा राम्रो वृद्धि भएको बताउंदै नेपाली महिलाहरुको महान चाड तिजको शुभकामना व्यक्त गर्नु भएको थियो। महिला सिप विकास संस्था पोखराको २९ औं साधारण सभा तथा १७ औं अधिवेशन  र महिला सिप विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन ले नयां कार्य समिति चयन गरेको छ।

महिला सिप विकास संस्था कार्य समिति तर्फ
१) अध्यक्ष श्री देवि गुरुङ्ग
२) उपाध्यक्ष श्री तारा गर्बुजा
३) सचिव श्री दानि माया थापा
४) कोषाध्यक्ष श्री नन्द श्री गुरुङ्ग
५) सदस्य श्री बिष्णु माया गुरुङ्ग
६) सदस्य श्री कल्पना थापा
७) सदस्य श्री सोनि परियार
८) सदस्य श्री चेतना राना
९) सदस्य श्री खुममाया थापा

महिला सिप विकास बचत तथा ऋण सहकारी तर्फ (संचालक समितिका पदाधिकारीहरु)
१) अध्यक्ष श्री मिना खड्का कार्की
२) उपाध्यक्ष श्री अन्जना गुरुङ्ग
३) सचिव श्री सुभद्रा थापा
४)कोषाध्यक्ष श्री प्रेम कुमारी गुरुङ्ग
५) सदस्य श्री बन्दना अधिकारी
६) सदस्य श्री बेलमाया गुरुङ्ग
७) सदस्य श्री निरु राना
८) सदस्य श्री पञ्चमाया गुरुङ्ग
९) सदस्य श्री ज्ञानशोभा गुरुङ्ग

सल्लाहाकार  १)  श्री रामकली खड्का
सल्लाहाकार २)श्री बिष्णु प्रसाद बराल
सल्लाहाकार ३) श्री शान्ति माया थापा

लेखा समिति संयोजक १) श्री अनिता नाम्जालि
सदस्य २)  श्री चन्द्रकला थापा
सदस्य  ३) श्री चिजामााया गुरुङ्ग

ऋण उप समिति संयोजक श्री लालु गुरुङ्ग
सदस्य १) श्री दिक्षा परियार
सदस्य २)  श्री मोनिका थापा

शिक्षा उप समिति संयोजक श्री चन्द्रकला के.सि.
सदस्य  १) श्री सिता घले
सदस्य  २) श्री मन कुमारी थापा रहनु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0