पोखरा ,भदौ १२ गते

‘स्वस्थ जीवनको चाहाना, योग शिक्षा र साधना’ भन्ने नाराको साथ  पातञ्जलि योग समिति नेपाल को आठौं वार्षिक साधारण सभा तथा चौथो केन्द्रिय महाधिवेशन हुने भएको छ । पातञ्जलि योग समिति नेपाल ले आयोजना गरेको कार्यक्रम मा प्रेश विज्ञप्ति मार्फत  नेपाल परापूर्व कालदेखि कसैको प्रत्यक्ष भौगोलिक उपनिवेशमा नरहेता पनि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अध्यात्मिक लगाएतका हरेक क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उपनिवेशनै रहेको सबैले अनुभुति गरिरहेको ,नेपालका राजनीतिक नेता देखि लिएर शिक्षा क्षेत्र, धार्मिक, सांस्कृतिक, अध्यात्मिक, योगिक हरेक क्षेत्रका उच्च पदस्थ तथा नेतृत्व तहमा रहने कतिपय विज्ञ व्यक्तित्वहरुको स्कुलिङ्ग विदेशमा भैरहेको ,धार्मिक, अध्यात्मिक र योगिक क्षेत्रका धेरै संस्थाहरु र यसका नेतृत्वदायी तहमा रहने व्यक्तिहरु विदेशबाट प्रशिक्षित, सञ्चालित र परिचालित भएको , धेरै जसो धार्मिक, अध्यात्मिक र योगिक संस्थाहरु नेपालमा वैदेशिक संस्थाको शाखाको रुपमा सञ्चालित भएका र यी मध्य कतिपयको वैधानिक हैसियत पनि शकास्पद रहेको ,विदेशबाट सञ्चालित यस्ता संस्थाहरुबाट नियुक्त र मनोनित संस्थाका नेतृत्वदायी व्यक्तिहरु धेरैले सम्बन्धित वैदेशिक मूल संस्थाबाट सुविधा प्राप्त गर्दछन र उनीहरुकै नीति निर्देशन अनुसार परिचालित भएका , देखाउन धार्मिक, अध्यात्मिक र योगिक गतिविधिहरु गर्दछन तर त्यसको आवरणमा विभिन्न उद्धेश्यले राज्यको श्रोत र साधनको अनुचित दोहन र चलखेल भैरहेको व्यापक जनगुनासो रहेको  बताइएको छ । यसबाट एकातिर राज्यको आर्थिक व्यवस्थामा नकारात्मक असर परिरहेको छ भने सबै भन्दा बढी राष्ट्रियतालाई कमजोर बनाईरहेको छ। पछिल्ला केहि वर्षहरुमा सामाजिक र सांस्कृतिक विखण्डन ल्याउने र राजनीतिक स्वार्थपूर्तिमा परिचालित हुने काममा कतिपय धार्मिक, अध्यात्मिक र योगिक संस्थाहरु लागिपरिहेको पनि देखिएको
नेपाल वैदिक र पौराणिक कालदेखिनै पूर्वीय सभ्यता, सांस्कृतिक, धर्म, दर्शन र यसका परम्पराद्वारा ओतप्रोत र सिंचित भएको योगको उद्गम पवित्र  भूमिमा असंख्य ऋषिमुनि, ज्ञानी, ध्यानी र सिद्ध पुरुषहरुले तप र साधना गरि प्राप्त गरेको अमूल्य ज्ञानगुणको रहस्यहरु हाम्रा वैदिक, पौराणिक, श्रुति, स्मृिति तथा धर्मशास्त्रहरुमा पाइने गर्छ ।  यिनीहरुको खोज, अनुसन्धान, संरक्षण तथा सम्बर्धन गर्न नसकिरहेका,

बिडम्बना, अहिले  विदेशीका सामु निरिह हुनु परेको , यी यस्ता विषयमा विदेशीले हामीलाई सिकाउनु पर्ने गरि हामी परमुखापेक्षी भईरहेका ,  हाम्रो भुमिमात्रै होईन, हाम्रा ऐतिहासिक सम्पदा बुद्ध जन्मस्थल, पतञ्जलि, कपिमुनि, वेदव्यास, पाणिनी आदि गौरव धरोहरहरुलाई समेत विदेशीले आफ्‌नो स्वामित्वकरण गर्न र पेटेण्टराईट गर्न थालिसकेको  र हामी मुकदर्शक बनेर बसेका , आवाज उठाउन नसकेको विज्ञप्ति मा  उल्लेख गरिएको छ। यी र यस्ता यावत विकृतिले देशलाई कमजोर बनाउदै लगेको देखिएकोले यस क्षेत्रमा केहि सुधारका कामहरु गर्नुपर्छ र यसका लागि राष्ट्रिय स्तरको एक शसक्त योगिक संस्था आवाश्यक भएको ठानी यस क्षेत्रमा क्रियाशिल राष्ट्रवादी, स्वाभिमानी, योगप्रेमी व्यक्तिहरुको पहलमा यो संस्थाको जन्म भएको प्रेश विज्ञप्ति मा  उल्लेख गरिएको थियो ।

विभिन्न योगिक संस्थामा आवद्ध तह र राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, वैधानिकता र पारदर्शिताका सवालका पक्षधरले नेपाललाई योगको उद्गम भूमि र गुरु राष्ट्रका रुपमा स्थापित गर्नुपर्छ र त्यसका लागि अभियान सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बोकेका प्रबुद्ध व्यक्तिहरुलाई गोलबन्द गर्दै पातञ्जल योग समिति नेपाललाई २०७५ आश्विन ५ गते नेपाल सरकारबाट स्विकृति लिई यो संस्थालाई जन्म दिएको हो। यो संस्था विधिवत रुपमा दर्ता भैसकेपछि २०७५ आश्विन १५ गते वृहतपत्रकार सम्मेलन गरि स्थापनाको औपचारिक घोषणा गरिएको  कार्यक्रम मा बताइएको थियो ।
यसैगरि यो संस्थाले आफ्‌ना सांगठानिक सञ्जालहरु मार्फत केन्द्र, ७ वटै प्रदेश अन्र्तगतका अधिकांश जिल्ला तथा पालिका क्षेत्रमा विभिन्न समयमा विभिन्न योग शिविरहरुको आयोजना गर्ने, योग गोष्ठी, योग अन्तक्रिया, विद्यालयहरुमा योग वक्तृत्वकला प्रतियोगिता, योग प्रशिक्षण, योग खेलकुद प्रतियोगिता लगाएत विभिन्न सामाजिक गतिविधिहरु सम्पन्न गरिसकेको कार्यक्रम मा बताइएको थियो ।
योगमा धेरै वर्षदेखि कार्यरत कतिपय तल्लो स्तरका योग शिक्षकहरु राज्यद्वारा मान्यता प्राप्त नदिएको ,धेरै योगिक संस्थाहरुले संचालन गरेको योग प्रशिक्षणहरु यस्तै वैधानिकता नभएका राज्यले चिन्न नसक्ने योग शिक्षकहरुबाट हालसम्म पनि योग कक्षाहरु सञ्चालन हुने गरेको , त्यसैले  संस्थाले राज्यद्वारा वैधता प्राप्त योग शिक्षकहरु उत्पादन गर्ने गरि सिटीईभिटिवाट आफ्‌नै पहलमा पाठ्यक्रम निर्माण गर्न लगाई सम्बन्धन लिएर मान्यता प्राप्त र तालिम प्राप्त योग शिक्षकहरु उत्पादन गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यक्रम मा बताइएको थियो । अहिले सम्म ४ चरण गरि देशको विभिन्न भूगोलबाट १३७ जना मान्यता प्राप्त योग शिक्षक समेत उत्पादन गरिसकेको र यसको निरन्तरतामा थप व्यवस्थित बनाउँदै उपल्लो तहका एकेडेमिक प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने योजनामा आवाश्यक गृहकार्य गरिरहेको पनि कार्यक्रम मा  बताइएको थियो ।
विद्यालय तहमा योग शिक्षा कार्यक्रमलाई अनिवार्य लागु गर्न/गराउन पातञ्जल योग समिति नेपालले नेपालमै पहिलोपटक भक्तपुर जिल्लाका स्थानीय निकायहरुको सर्वसम्मतमा तयार भएको १० मिनेटको पाठ्यक्रमलाई चाँगुनारायण नगरपालिकाका नीजि विद्यालय र जिल्ला भित्रका सामूदायिक विद्यालयका शिक्षकहरुलाई हरेक दिन विहान प्रार्थनाको समयमा लागु हुने गरि शिक्षकहरुलाई प्रशिक्षण तालिम दिई सो कार्यक्रम लागु गरिसकेको छ र अव यसलाई देशव्यापीकरण गर्न पातञ्जल योग समिति नेपालले विशेष संयोजनकारी भूमिका खेल्ने योजना समेत बनाएको कार्यक्रम मा बताइएको छ ।
भक्तपुरको केन्द्रीय कार्यालय रहेको योग संस्थाले ५ वर्षे अविधिमा ७ वटै प्रदेश समितिहरु अन्तर्गत  झण्डै ३ दर्जन जिल्लामा जिल्ला कार्यसमितिहरु तथा गाँउपालिका, नगर, उपमहानगर, महानगर समितिहरु र १ हजार भन्दा बढि नियमिति योग साधना हुने योग साधना केन्द्रहरु स्थापना र सञ्चालन गर्न सक्षम भैसकेको छ र आगामी ५ वर्ष भित्रमा ७७ जिल्ला लगायत सबै नगर र गाँउपालिकाहरुमा सांगठानिक संजाल विस्तार गर्ने गरि राष्ट्रियता, स्वाधिनता, स्वतन्त्रता, वैधानिकता, पारदर्शीताको सिद्धान्तलाई सर्वोपरि रुपमा कार्यन्वयन गर्ने प्रतिवद्धताका साथ तिव्रतापूर्वक आफ्‌ना कार्यक्रमहरुलाई अगाडि बढाईरहने क्रममा संस्थाले गण्डकी प्रदेश, कास्की जिल्लाको सुन्दर नगरी पोखराको रन्जित ईभेन्ट सेन्टरमा भाद्र १३ र १४ गते पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालज्यूको अध्यक्षतामा गण्डकी प्रदेश सरकारका आर्थिक मामीला मन्त्री माननीय डा. टकराज गुरुङज्यूको प्रमुख आतिथ्यताका विच ७ वटै प्रदेशबाट पाल्नुभएका महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक लगाएत आमन्त्रित पाहुनाहरुको रोहवरमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गईरहेको प्रेश विज्ञप्ति मा उल्लेख गरिएको छ ।  महाधिवेशन अवधिभर संस्थाले गर्ने कार्यक्रमहरु अन्तर्गत
१) भाद्र १२, १३ र १४ गते, पोखरा महानगरपालिका, वडा नं.११ स्थित रन्जित इभेन्ट सेन्टरमा हरेक दिन विहान ५ बजेदेखि ७ बजेसम्म ३ दिने वृहत योग विज्ञान शिविर र १५ गते साँझदेखि १७ गतेसम्म मौन साधना सहितको योग ध्यान तथा प्रशिक्षण शिविर सञ्चालन गरिने
२) भाद्र १३ गते, अपरान्ह ३:३० बजेदेखि कास्की जिल्लाका यौगिक संस्थाहरु लगायत सरोकारवालाहरुको विशेष उपस्थितिमा ‘योगको विकासमा यौगिक संस्थाहरुको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रम गरिने
३) भाद्र १४ गते विहान योग शिविर पश्चात महाधिवेशनमा ७ वटै प्रदेश, जिल्लाहरुबाट सहभागी प्रतिनिधि/पर्यवेक्षक, गण्डकी प्रदेश एवं कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत आमन्त्रित महानुभावहरुको व्यापक सहभागीतामा पोखरा ११ रानीपौवा स्थित रन्जित ईभेन्ट सेन्टर, नयाँबजार, महेन्द्रपुल, रानीपौवा हुँदै महाधिवेशन स्थलसम्म धिमेबाजाका साथ योग प्रभातफेरि कार्यक्रम गरिने र विहान ९ बजेदेखि गण्डकी प्रदेश सरकारका आर्थिक मामीला मन्त्री माननीय डा. टकराज गुरुङज्यूको प्रमुख आतिथ्यतामा महाधिवेशनको उद्घाटन गरिने आजको पत्रकार सम्मेलन मा जानकारी गराएको थियो ।
४) उदघाटन सत्रमा पातञ्जल योग समिति नेपालको संगठन विस्तार, योग प्रशिक्षण र यौगिक क्रियाकलापमा संस्थागत मापनको मूल्यांकनको आधारमा यस वर्ष उत्कृष्टता हासिल गरेको जिल्ला एवं योग सघाना केन्द्रलाई ‘सुवाल अवार्ड’ द्वारा सम्मानित गरिने  भएको छ ।
५) ‘महाधिवेशन विशेषांश योग बुलेटिन-२०८२’ एवं ४१३ पेजमा योग दर्शन, अष्टाङ्ग योग साधना विधि, प्राकृतिक चिकित्सा, आयुर्वेद, जडिबुटी र सामान्य घरेलु उपचार विधि एवं विषयविज्ञ र साधकहरुको अनुभव सम्बन्धी लेख रचनाहरु तथा संस्थागत गतिविधिहरुसमेटिएको ‘पातञ्जल योग दर्शन पुस्तिका’ लाई विमोचन गरिने  भएको छ ।
६) महाधिवेशको उदघाटन सत्र पश्चात बन्दसत्रको कार्यक्रम गरिने र बन्दसत्रमा संस्थागत प्रगति प्रतिवेदन एवं भावी कार्ययोजना, आर्थिक प्रतिवेदन प्रस्तुत सहित व्यापक छलफलका साथ अनुमोदन गर्दै संस्थागत पञ्जवर्षीय रणनीतिक योजना बमोजिम भावी कार्ययोजना निर्दिष्ट गरि आगामी ३ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दै चौथो राष्ट्रिय महाधिवेशन तथा आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिने  भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0