
पोखरा ,मङ्सिर २ गते
निगमको जहाज Divert हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थन्न प्रयोग गर्ने भएको छ ।
नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा हाल भारतको विमानस्थललाई आधार गरी Divert भईरहेको सम्बन्धमा मिति २०८२/०८/०३ देखि लागु हुने गरी कुनै पनि कारणले Divert गर्नुपर्ने अवस्थामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवालाई Alternative Airport का रुपमा प्रयोग गर्ने निर्णय निगमवाट मिति २०८२/०८/०१ मा भएको जानकारी गरेको छ ।
यसरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई Alternative Airport बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ । यसका साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत Alternative Airport बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने निर्णय नेपाल वायुसेवा निगमले गरेको छ ।नेपाल वायु सेवा निगमको २०८२/०८/०१ गते प्रकाशित एक विज्ञप्ति अनुसार उक्त निर्णय गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

