
पोखरा ,माघ १६ गते
पूर्वी चितवनको खैरहनी वडा नं १३ हर्नहरी स्थित बद्रि केदारनाथ शिव मन्दिरमा यही माघ १९ गते देखि २७ गते सम्म श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुनेभएको छ। बागमती प्रदेश, चितवन जिल्ला, खैरहनी नगरपालिका वडा नं.–१३, हर्नहरिस्थित श्री बद्रीकेदारनाथ शिव मन्दिर परिसरमा निर्माणाधीन क्रियापुत्री भवन सतत् निर्माण सहयोगार्थ मिति २०८२ साल माघ १९ गतेदेखि माघ २७ गतेसम्म महायज्ञ हुनेभएको छ। पं. श्री दीपक प्रसाद पौडेलज्यू को मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८२** हुने भएको हो।
उक्त श्रीमद्भागवत महापुराण को आयोजक :श्री बद्रीकेदारनाथ शिव मन्दिर व्यवस्थापन समिति खैरहनी न.पा.–१३, हर्नहरि, चितवन ,छ भने संरक्षक मा खैरहनी नगरपालिका वडा नं.–१३ रहेको छ। जनप्रतिनिधि : जीवन कार्की अध्यक्ष : श्री लक्ष्मि पाण्डे र कोषाध्यक्ष : श्री राम बहादुर बोगटी ले श्रीमद्भागवत महापुराण सञ्चालन बारे पत्रकार कार्यक्रम मा बताउनु भएको थियो। साथै उहाँहरुले सबैलाई श्रीमद्भागवत महापुराण सुन्न आउन हार्दिक निमन्त्रणा गर्नु भएको छ। भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ।धान्य पर्व लगायर यो भवन बनाउन सक्यौं , वृद्ध वृद्धाहरु सहयोग का लागि पनि काम गरिरहेको र चार लाख ८० हजार को अक्षय कोष पनि खडा गरिसकेको श्री बद्रीकेदारनाथ
शिव मन्दिर कि अध्यक्ष : श्री लक्ष्मि पाण्डेले पत्रकार सम्मेलन मा बताउनु भएको थियो।श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ का पं. श्री दीपक प्रसाद पौडेल ले पत्रकार सम्मेलन मा अँधुरो अबस्था मा रहेको ,पिल्लर मात्रै गाडिएको अबस्थाको यो निर्माणाधीन क्रियापुत्री भवन वा सामजिक बहु उद्देशिया भवन को यहाँ सम्म भैरहंदा पछि विबाह ब्रतबन्ध को व्यबस्था लाइ पनि गर्न सकियो भने राम्रो हुनेथियो , यहाँहरु सम्पूर्ण आउनुहोला , कथा सुनुहोस , जीवन उपयोगी हुनेनैछ भनि बताउनु भएको थियो। खैरहनी नगरपालिका वडा नं.–१३ का जनप्रतिनिधि जीवन कार्की ले यो श्रीमद् महापुराण सप्ताह ज्ञान महायज्ञ लगाउनु भनेकै निर्माणाधीन क्रियापुत्री भवन सतत् निर्माण नै हो।
क्रियापुत्री बस्न आउनेहरु लाइ १३ दिन सम्मै बस्न मिल्ने वातावरण सहज होस् भन्ने हेतुले यो महायज्ञ लगाउन खोजेका हौँ , ९ बर्ष सम्म हामीले दुर्गा पुजा लगाएर आयको आम्दानि बाट हामीले १०८ शिव लिङ्ग राख्न सफल भयौं ,श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मा सम्पूर्ण दाजु भाइ तथा दिदीबहिनीहरु सहभागी भैदिन हार्दिक अनुरोध गर्नु भएको थियो। महायज्ञका संयोजक राम बहादुर बोगटी ले खैरहनी वडा नं १३ हर्नहरी स्थित बद्रि केदारनाथ शिव मन्दिरमा अहिले महापुराण/धान्यांचल लगायको तेस्रो पटक हो। वि स २०५३ मा गरेको ले मन्दिर स्थापन गर्यौं, वि स २०६७ मा गरेको ले लाइब्रेरी ,पुस्तकालय निर्माण गर्यौं ,यहाँ भएका भवनहरु सबै धान्यांचल बाट नै निर्माण गरेका हौँ ,अहिले हाल घरहरु बढ्दै जाँदा ,साँघुरिएर गएकाले क्रियापुत्री भवन सतत् निर्माण गर्न यो श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ गर्न गैरहेका छौं भनि पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो।

