
पोखरा ,माघ १७ गते
नेपालि काँग्रेस कास्कीले बृहत् क्षेत्रीय भेला, कार्यकर्ता भेला गरि सुझाव संकलन गरि शुभाराम्भ सभा सम्पन गरेको छ। उक्त भेलाको प्रमुख अतिथि कास्की क्षेत्र न २ का उमेदवार श्री माधव प्रसाद बास्तोला (मधु ) रहनु भएको थियो । कार्यकम संचालन भने पोखरा महानगरपालिका वडा न . ४ का वडा अध्यक्ष श्री देव कृष्ण पराजुली ले गर्नु भएको थियो।
भेला मा कास्की क्षेत्र न. २( क) का सभापति श्री दिनेश आचार्य ले यो देश को वर्तमान अवस्था अत्यन्तै कठिन मोड मा छ । देशमा अस्त्थिरता कायम छ ।
Gen z को आन्दोलन बाट ग्रसित भएको यो देश मा Gen z पुस्ताको माग लाई सम्बोधन हुने गरि हामी अघि बढनु छ , त्यो सम्बोधन गर्न हाम्रो पार्टी नेपाली काङ्ग्रेस सक्षम बन्नुपर्ने छ , पहिलेको निर्वाचन र अहिलेको निर्वाचन धेरै फरक छ , कास्की क्षेत्र न. २ का प्रतिनिधि सभा उमेदवार श्री माधव बास्तोला ( मधु ) लाई जिताउन अपरिहार्य छ। उहाँमा बौद्धकता , शालिनता , राजनीतिकता पुर्ण रुपमा रहेको छ । उहाँ दुई पटक नेपाली काङ्ग्रेस कास्की को सभापति बनिसक्नु भएको छ। उहाँ मा जनताका भावनाहरु समेटने विशाल हिर्दय छ , उहाँ सबै कुरा मा सक्षम हुनुहुन्छ ।संसद भनेको कुनै प्रयोगशाला होइन, प्रधानमन्त्री को कुर्ची कुनै प्रयोगशाला होइन , संसद भनेको कानुन , नीति निर्माण गर्ने थलो हो भने प्रधानमन्त्री को कुर्ची भनेको क्षमतावान व्यक्ति जो देशको हरेक परिस्थिति लाई समाना गर्न सक्छ त्य्स्तो व्यक्ति हुनुपर्छ ,
त्यसैले देश मा नीति र कानुन बलियो बनाउन सक्ने व्यक्ति भनेको हाम्रा कास्की क्षेत्र न २ का प्रतिनिधि सभा उमेदवार श्री माधव बास्तोला( मधु) लाई रुख चिन्ह मा भोट गरि अत्याधिक मतले विजयी गराउनु पर्ने बताउनु भएको थियो। पोखरा ८ इकाई समितिका अध्यक्ष रमेश बराल ले ३३,६६ बनौं तर ३६ नबनौं खुरोपाती नगरि हामी सबै मिलेर श्री माधव बास्तोला ( मधु ) लाई जिताउन भरपुर लागौं भनी कार्यक्रम मा बताउनु भएको थियो । पोखरा १५ इकाई का सभापति सुशील राज पराजुली ले यो पाली हामिले राम्रो उमेदवार पाएका छौँ , यो बेला नेपाली काङ्ग्रेस पनि परिवर्तित भएको छ , हाम्रो सबै घर परिवारलाई गोल बद्द भएर, एकता बद्द भएर परिवार मा पनि परिवर्तन गर्न सकियो भने हामिले जित्ने छौँ , तसर्थ घर बाट नै हामी सङ्गठित भएर जुटने प्रण गरौं , हाम्रो प्रतिनिधि श्री माधव बास्तोला( मधु) उमेदवार को कारण ले पनि
हामिलाइ जित्ने आधार बलियो बनेको छ, यो बेला हामी कत्ति पनि बिचलित नभई अघि बढने प्रयास गरौं भनी कार्यक्रममा बताउनु भएको थियो । पोखरा २१ इकाई का सभापति केबल गिरि ले यो निर्वाचन अघि हामी, हाम्रो इकाई रुख बाट बन्चित थियौं ,तर अहिले नेपाली काङ्ग्रेस सुधारीएको छ , हामीले तीन वटा क्षेत्र कै प्रतिनिधि ज्यु हरुलाइ जिताउनु जरुरी छ ।हामिले तीन वटा क्षेत्रका प्रतिनिधि ज्यु हरुलाइ जिताएर अघि बढाइ काङ्ग्रेस सभापति श्री गगन कुमार थापा लाई भावि प्रधानमन्त्रीको रूपमा चुनयों भने , नेपाली काङ्ग्रेस ले देश जोगाउन सक्छ भनी कार्यक्रम मा बताउनु भएको थियो । महाधिवेशन प्रतिनिधि मदन बस्नेत ले क्रियासिल सदस्यहरुले आफ्नो घरको सदस्यहरुलाइ पनि क्रियाशिल बनाउन जोड दिनुपर्दछ । आँखा मा राखे पनि कहिलै नबिझाउने उमेदवार हामिले पाएका छौँ , अति नै सरल व्यक्तितब हामिले पाएका छौँ , तसर्थ अत्याधिक बहुमत ल्याइ कास्की क्षेत्र न. २ का प्रतिनिधि श्री माधव बास्तोला ( मधु ) लाई जिताउन सबै जना लाग्नुपर्ने कार्यक्रम मा बताउनु भएको थियो ।
तमु संघ का केन्द्रिय सदस्य भुवन गुरुङले अहिले देश मा बाहिरी शक्ति को चलखेल भैरहेको छ त्यस्लाइ समाधान गर्न नेपाली काङ्ग्रेस कटिबद्द भएर लाग्नुपर्छ , आँफु वैदेशिक रोजगार विभाग को अध्यक्ष भएकोले हाम्रो पार्टी मा free visa free ticket दिलाउने प्रण गर्दछु , जसरी नि नेपाली काङ्ग्रेस लाई जिताउन कोसिस गरौं , हाम्रा सबै क्षेत्र्का प्रतिनिधि ज्यु हरुलाइ विजयी गराइ , नेपाली काङ्ग्रेस पार्टी मा नयाँ आयाम ल्याउ पर्छ भनी कार्यक्रममा बताउनु भएको थियो । पोखरा १७ इकाई का सभापति देव राज बराल ले गर्भिलो इतिहास कहिलै मर्दैन , त्यस्तो गर्भिलो इतिहास कास्की क्षेत्र न. २ का प्रतिनिधि सभा उमेदवार माधव बास्तोला( मधु) सङ्ग रहेको छ । उहाँ अत्यन्तै शालिन , बौद्धिक , कानुनी तहमा अब्बल हुनुहुन्छ , जनताका हेरेक समस्या मा शालिन भएर साथ दिन सक्नुहुनेछ त्यसैले रुख चिन्ह मा मतदान गरि मधु लाई जिताऔ भनी शुभकामना दिनु भएको थियो ।
पोखरा महानगरपालिका वडा न ९ का वडा अध्यक्ष श्री दीपेन्द्र मर्सानी ले मधु दाइ कै मार्ग निर्देशन बाट हामी यहाँ सम्म आएका छौँ , प्रतिनिधिहरुको कहाँ- कहाँ कम्जोर छ त्यो औल्याउने , बोल्ने पालो तपाईंहरुको हो ,हामिले जितेको ठाउँमा हाम्रा जनप्रतिनिधि ले काम गरे , गरेनन ? तपाईंहरुले प्रतिनिधिहरुले काम नगरेका छ्न भने , त्यो काम पूरा गर्नै पर्छ । जहाँ दु:ख पर्छ त्यहाँ नेपाली काङ्ग्रेस जुट्नुपर्छ , हामीले ६ वटा वडा जितिसकेका छौँ , नेपाली काङ्ग्रेस आफ्नो वडा मा आँफै जाने हो अन्य ठाउँमा जाने होइन , पहिला हामी आफ्नै ठाउँ बलियो बनाउ , ४ तारा , रुख चिन्ह मा भोट गरौं । हाम्रो जित सुनिश्चित रहेको भन्दै कास्की क्षेत्र न. २ का प्रतिनिधि सभा उमेदवार श्री माधव बास्तोला ( मधु ) लाई जिताउन अघि बढन सबैलाई आव्हान गर्नु भएको थियो । कास्की क्षेत्र न .१ का सचीव सरोज के. सि ले नेपाली काङ्ग्रेस ले तीन वटा क्षेत्रमा निर्वाचन जसरी नि जिताउने अभियान मा जुटनु पर्छ , Gen z को आन्दोलन ले हाम्रो पार्टी मात्रै नभई सबै दलहरुलाइ सुधृने मौका दिएको छ ,आन्दोलन बाट काङ्ग्रेस बदलिएको छ , यो निर्वाचन मा हामिले अरुको मत पनि निकाल्न सक्नुपर्द्छ ।
हामी पार्टी को नीति , निर्देशन र मार्गदिशा बाट चल्नु पर्दछ । हामिले करिब पचासी हजार को मत ल्याइ कास्की क्षेत्र न. २ का प्रतिनिधि सभा उमेदवार श्री माधव बास्तोला ( मधु ) लाई जिताउनु पर्दछ , काङ्ग्रेस कुनै व्यक्ति बाट चल्ने होइन यो साझा पार्टी हो । विधान र विधि बाट चल्ने हो । नेपाली काङ्ग्रेस समुन्द्र हो ,समुन्द्र भित्र विशाल काङ्ग्रेस छ तसर्थ नेपाली काङ्ग्रेस को जित अबश्य रहेको कार्यक्रम मा बताउनु भएको थियो । पोखरा नगर सभापती श्री सुरेन्द्र विजुक्छे ले सबैले जिम्मेवारी साथ अघि लागेओं भने हामिले अबश्य जित्ने छौं , अहिले को विशेष महाधिवेशन बाट कार्यकर्ताहरुमा हौसला बढेको पाइएको छ ।अत्यन्तै प्रभावशाली नेता श्री माधव बास्तोला ( मधु ) लाई जिताउन आवश्यक रहेको छ । संविधान को रक्षाको लागि पनि नेपाली काङ्ग्रेस को जित सुनुश्चित हुनुपर्दछ भनी कार्यक्रममा बताउनु भएको थियो । महाधिवेशन कि प्रतिनिधि लक्ष्मी पाण्डे ले आफुले पार्टीको हक हित , सर सल्लाह , सुझाव आदरणीय व्यक्तित्व मधु ज्यु बाट लिइरहेको बताउनु भएको थियो ।
अहिले कांग्रेस बदलिएको छ , काङ्ग्रेस कार्यकर्ताहरु पनि उत्साहजनक नै देखीएका छ्न, माधव बास्तोला ( मधु ) राजनैतिक परिवार बाट नै जन्मिएकोले उहाँ पक्कै पनि नेपाली काङ्ग्रेस को पंक्ति मा अब्बल हुनुभएकै छ , तसर्थ वडा इकाई सभापति ज्युहरु , हाम्रा प्रतिनिधि ज्यहरु प्र्त्येक टाेल -टाेल मा मत माग्न खटिन लाग्नु पर्छ र मत माग्दा ठुलो कुरा गरेर होइन सरल बनेर भोट माग्नु पर्छ भन्दै कास्की क्षेत्र न .२ का उमेदवार माधव बास्तोला ( मधु ) लाई शुभकामना दिनु भएको थियो । नेपाली काङ्ग्रेस कास्की का सभापति किशोर दत्त बराल ले निर्वाचन मा हामी जाँदै छौँ ,समाज मा मानिशहरुले धेरै कुरा सोध्ने गर्द्छ्न , आम मानिस ले मधु बास्तोला को हुन भनेर भन्दा हामिले बुझाउन सक्नु पर्छ , युवा समुह हरू/ Gen z समूह लाई बुझाउनु पर्दछ ।
मधु बास्तोला लाई संविधान बनाउन , देशलाई नेतृत्व गर्न , कानुन बनाउन हामिले पठाउन आबश्यक छ उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन बुझेको हुनुहुन्छ , उहाँले कानुन मा स्नातकोत्तर गर्नु भएकोले उहाँलाई उम्मेद्बार उठाएका हौं । अहिले धेरै पार्टीहरुले नेपाली काङ्ग्रेसलाई गाली गर्ने गरेका छन , तर अहिले को विशेष महाधिवेशन ले नेपाली काङ्ग्रेस बदलिएको छ , काङ्ग्रेस ले जनताका साझा समस्या लाई कार्यन्वयन गर्न अघि परेको छ , अहिले हाम्रो पार्टीका सभापति गगन कुमार थापा लाई भावि प्रधानमन्त्री बनाउनु का कारण उहाँले
१: नीति बुझ्नु हुनुहुन्छ
२: भ्रष्टाचार विरुद्ध आवज उठाउनु हुन्छ
३:डिजिटल शासन प्रणाली बारे बोल्नु हुन्छ
तसर्थ उहाँलाई भावी प्रधानमन्त्री बनाउने लक्ष्य नेपाली काङ्ग्रेस ले राखेको हो । नीति र एजेन्डा मा पनि नेपाली काङ्ग्रेस अघि बढेको छ , घर दैलो कार्यक्रम गर्दा Gen z उमेर समुहका २ जना युवा/ युवतिहरुलाइ लिएर अघि बढन सकियो भने कास्की क्षेत्र न. २ बाट प्रतिनिधि सभा उमेदवार श्री माधव बास्तोला ( मधु ) लाई अत्याधिक मत ल्याइ जिताउन थप सहयोग पुग्ने धारण राख्नु भएको थियो । अन्त्यमा कास्की क्षेत्र न .२ का उमेदवार माधव प्रसाद बास्तोला( मधु) ले आफ्नो लिखित प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

