पोखरा ,माघ २७ गते

पोखरा महानगरपालिका का उप -मेयर मन्जु देवि गुरुङले काठमाडौं भन्दा १० गुणा ठूलो पोखरा छ तर यहाँ फोहर थुप्रिएको छ। तसर्थ यस्को सम्स्या सामाधन गर्न यो सर्वदलीय बैठक आयोजन गरिएको हो। फ़ोहोर मैला ब्यबस्थापन गर्न प्रत्येक वडा कार्यालय र महानगरपालिका कै जिम्मा हो। अहिले पोखरा महनगरपालिका को मेयर उपमेयर जनप्रतिनिधि ले फोहर व्यवस्थापन गर्ने काम केही गरेनन भन्ने आवाजहरु फैलिरहेका छन्।

 

सबैको आँखा मा हामी परेका छ,तसर्थ आजको सर्वदलिय बैठक बाट फोहोर व्यबस्थापन गर्ने सकिने निष्कर्ष निकाल्ने छ भन्ने मा आफुँ विश्वस्त रहेको उप – मेयर मन्जु देवि गुरुङले बताउनु भएको थियो । गण्डकी प्रदेश का प्रमुख सचिव डण्डुराज घिमिरे ले स्थानिय सरकारलाई नियम बद्द रुपमा काम को निर्देशन दिने प्रदेश सरकार हो । पोखरा को फ़ोहोर मैला व्यवस्थापन गर्न आम उपभोक्ताको को चासो देखाएका छन् । यो जिम्मेवारी सबैको हो, सबै उपभोक्ता ले जिम्मेवारी लिनु पर्छ त्यो नै नेचुरल right हो, हामीले अरुलाइ कति दायित्व दिइरहेका छौं ? आंफुले सिमित ठाउँमा फोहर जम्मा गरेकाले कत्तिको महत्व दिन्छ , सबै ले जिम्मेवारी भएर आफ्नो फोहर आफैले सिमित स्थान मा राख्ने गरौँ ।

 

तपाईंहरुले सेफ्टी ट्यांकी बनाउनु भएको छैन भने , बनाउन सुरु गर्नुहोस। मेरो तर्फ बाट फोहर उठाउन म तयार रहेको बताउनु भएको थियो । पोखरा का मेयर धन राज आचार्य असाध्यै पिडाको साथ आज २९ दिन भयो फोहर उठ्न सकेन, पर्यटकिय राजधानी सहर मा फ़ोहोर थुप्रिएको छ, यो सबै कसैको चाहाना हैन , पसल खोल्न पनि नसकिने अबस्था बनेको छ । पर्यटकीय क्षेत्र मानिने पोखरा मा ६२ भाषा बोल्ने पोखरा क्षेत्र मा जबर्जस्ति नचाहा नचाहादै फोहर उठाउन बाध्यता ले नसकेको र हेल्च्याक्रायिं पनि रहेको देखिएको उहाँले बताउनु भएको छ । उहाँले देश भर का ठाउँ मध्य यस्तो सहर हो जुन पोखरा मात्रै सबै ढल को ब्यबस्था छ। मलमुत्र सोझै ढल मा मिसाउने काम भएको छैन। अस्पतालको फोहरमा सबैभन्दा ठुलो समस्या हुन्छ किनकि अस्पतालको फोहर मा अन्य फोहर मिसाउन पाईदैन, अर्को फोहर घर बाट निस्कने फोहर र शहर भित्रका फोहर हुन् ,यी मध्ये सबै भन्दा बढी संख्या मा निस्क्ने फोहर शहर कै हो।

 

त्यसैले यस्तो जटिल अबस्था मा पनि हेल्च्याक्राई गरेर पुराना दसनाहारु ,घर भित्रै राखेर यहि बेला हो भनेर सडक मा नफालिदिन समेत मेयर आचार्यले बताउनु भएको थियो। उहाँले अहिले हामीले रात दिन कत्ती प्रयत्न गर्दा पनि फोहर् उठाउन नासकियाको व्यक्त गर्दै , हामिले सहमति को बाटो खोज्दै गर्ने तर दलका साथीहरुले संघर्ष समिति बनायर हाम्रो सहमति नजुट्ने कारण बाट पनि पोखरा को फोहर व्यबस्थापन हुन् नसकेको मेयर धन राज आचार्य ले बताउनु भएको थियो। उहाँले वडा न १८ देखि ३३ सम्म का फोहर मैला को त्यति समस्या नभयको र बाँकी वडा मा फोहर व्यबस्थापन मा समस्या देखापरेको बताउनु भएको थियो।

 

 

अन्त्यमा उहाँले हाल जहाँ फोहर व्यबस्थापन गर्ने भनिएको छ ,त्यहाँ छिमेकी साथि हरुलाइ असर नपर्ने गरिफोहर व्यबस्थापन गर्न दिनुहोला,यो अस्थाइ मात्रै हो। आज यो सर्वदलीय बैठक मा हामिले जे commitment गर्छौँ त्यसलाइ अघि बढआउने छौ र पहिले कै जस्तै गरि शनिबार सम्म घर – घर मा फोहर उठाउने छौं भनी बताउनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0