Home Top-Headline नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर १ को चुनावी प्रचारप्रसार तीव्र बनाएको छ

नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर १ को चुनावी प्रचारप्रसार तीव्र बनाएको छ

0
लेखनाथ , माघ २८ गते
नेपाली कांग्रेसको कास्की क्षेत्र नम्बर १ मा आफ्नो चुनावी प्रचारप्रसार तीव्र बनाएको छ। प्रचारप्रसार अन्तर्गत मादी गाउँपालिका वडा नम्बर ४ तार्काङमा सचिवालय स्थापना गरी प्रचारप्रसारलाई अगाडि बढाउँदै आएको छ। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व सांसद एवं सहमामन्त्री जीवन परियारले कांग्रेस अब नयाँ धार र नयाँ सिराबाट अगाडि बढेको र देशलाई निकास दिने एक मात्र पार्टी बनेकोले निर्धक्क रुपमा मतदान गर्न सबै मतदाताहरूमा अनुरोध गरेका छन्। उनले सचिएको कांग्रेस ले मात्र देश विकासमा अग्रगामी छलाङ मार्न सक्ने र जनताको मनोभावना बुझेर काम गर्न सक्ने बताएका छन्। प्रचारप्रसार कार्यक्रममा उम्मेदवार तिलक रानाभाटले अबको युग प्रविधिको युग र आधुनिक कृषिको युग भएकोले आफू यसै गाउँमा जन्मेको र हुर्केको भएकोले र माटोलाई समेत बुझेकोले सोही अनुसारको विकासको अवधारणा ल्याउने प्रतिबद्ध जनाएका छन्। मादी गाउँ पालिकाको स्थानीय विकासको लागि आफूले विशेष योजना बनाएर स्थानीय बासीको साथमा आवश्यकता अनुसारको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। अबको युगमा युवाहरूले यही गाउँमै बसेर देश तथा विदेशमा काम गर्न सक्ने वातावरण बनाउनको लागि आफूले पहल गर्ने बताएका छन्।
वडा सभापति यमनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश प्रतिनिधि मित्रलाल सापकोटाले गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here