पोखरा ,माघ २७ गते
प्रश्न १:   के स्वास्थ्य बीमाको १ लाख रूपैयाँको सुविधा घटेकै हो त ?
– होइन ।
प्रश्न २:  बीमाको कुल १ लाख रूपैयाँको उपचार सुविधा घटाइएको हो ?
– भ्रम हो ।
प्रश्न ३ : ५ जनासम्मको परिवारले पाउने वार्षिक कुल १ लाख रुपैयाँको सीमा यथावत् छ। यो घटाइएको छैन ?
– यथार्थ हो ।
प्रश्न ४ :बहिरंग (ओपिडी) सेवा जति पनि लिन पाइन्छ ?
– भ्रम हो ।
प्रश्न  ५ :जनाको परिवारले वर्षभरिमा बढीमा २५,००० रुपैयाँसम्मको मात्र बहिरंग सेवा (ओपिडी) लिन पाउनेछन् ?
– यथार्थ हो ।
प्रश्न ६ :थप सदस्यको सुविधा पनि घट्‌यो ?
– भ्रम हो ।
प्रश्न ७  : ५ जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य थप ५,००० रूपैयाँको बहिरंग सेवा (ओपिडी) सुविधा कायम गरिएको छ ?
– यथार्थ हो ।
प्रश्न ८ : आकस्मिक सेवा र अस्पताल भर्ना हुने खर्च पनि घट्यो ?
– भ्रम हो ।
प्रश्न ९ : बहिरंग सेवामा २५ हजार रुपैयाँ खर्च भए पनि बाँकी रहेको रकम ७५ हजार रुपैयाँ वा सोभन्दा बढी अस्पताल भर्ना र आकस्मिक सेवामा प्रयोग गर्न सकिन्छ ?
– यथार्थ हो ।
प्रश्न १० :  नयाँ प्रावधान किन आयो ?
– अनावश्यक रूपमा हुने बहिरंग सेवाको प्रयोग र दोहोरोपन रोक्न ।गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगहरुको उपचारका लागि स्रोत सुनिश्चित गर्न। हाल स्वास्थ्य बीमाको बजेटको ७०% भन्दा ठूलो हिस्सा सामान्य बिरामीको बहिरंग (ओपिडी) सेवामै खर्च भइरहेको छ। यसले गर्दा परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महंगो शल्यक्रिया आवश्यक पर्दा बीमाको रकम अपर्याप्त हुने र बिरामीले आफ्नै खल्तीबाट ठूलो रकम खर्च गर्नुपर्ने अवस्था देखिएको छ। यस्तो विपतिपूर्ण स्वास्थ्य खर्चले धेरै परिवार आर्थिक संकटमा परिरहेका छन्। स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन र भविष्यमा आइपर्ने ठूला स्वास्थ्य संकटमा सबैले ढुक्कसँग सेवा पाउने वातावरण सुनिश्चित गर्न बोर्डको यस कदममा हामी सबैले सहयोग गरौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0