पोखरा ,माघ १८ गते
अन्तराष्ट्रिय स्तरको आहा रारा गोल्ड कप को तयारी तिव्र भएको छ।सहारा क्लब पोखराद्धारा आयोजित क्याराभान गोल्ड कप सहित २५औं संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित २५ औ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८२ आगामी माघ २७ गते देखि फागुन ९ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा संञ्चालन हुने भएको छ।
“खेलकूदको विकासमा सहकार्य गरौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्य अनुरुप संञ्चालन हुने यस २५औं संस्करणमा प्रथम र दोश्रो पुरस्कारको धनराशी वृद्धि गरि क्रमशः रु. १४ लाख १ हजार र रु. ७ लाख १ हजार रुपैयाँ प्रदान गरिने भएको आयोक ले पत्रकार सम्मेलन मा जानकारी गरेको थियो ।
सहभागी टीमहरु अन्तर्गत  नेपाल पुलिस क्लब, मनाङ्ग मर्स्याङ्गदी क्लब, प्लानिङ्ग व्वाईज यूनाईटेड,थनडरवोल्ड नर्थ यूनाईटेड, सिक्किम, भारत्, गोर्खा इन्टरन्याशनल फुटबल क्लब, हङ्गकङ्ग,आभा फुटबल क्लब, उज्वेकिस्तान, चर्च व्वाईज यूनाईटूड,नेपाल ए. पि. एफ. कलब,जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब,भारत एक टिम, सहारा क्लब पोखरा गरि १२ टीमहरु सहभागी हुने भएको प्रेष विज्ञप्ति मार्फत आयोजक ले जनाएको छ । हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन, सहयोगमा, पोखरा महानगरपालिका संरक्षक. राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यु.के., सहारा हङ्गकङ्ग, सहारा क्लब अष्ट्रियलिया बिशेष सहयोग मा संञ्चालन हुने भएको छ । २५औं संस्करणको यो प्रतियोगितालाई रौनक ल्याउन साथै पोखरा पर्यटन वर्ष २०२५-२६ लाई पनि प्रवद्धन गर्नको लागि अस्थाई रुपमा फल्डलाईट जडान गरि संध्याकालिन खेल संचालन गर्ने जानकारी समेत आयोजक ले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0