पोखरा माघ २८ गते
कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरा मा शुरु भएको छ।
‘वरिष्ठ पत्रकार’ तथा समाधान दैनिक पत्रिका का प्रधान सम्पादक भरत कोइराला ले २ दिने निर्वाचन तालिम को पहिलो दिन मा २०७९ को निर्वाचन अनुभव बारे बताउनु भएको थियो । उहाँले २०७९ को निर्वाचनका क्रममा नेपालमा डिपफेकभन्दा स्यालोफेक (सन्दर्भबाट काटेर भ्रम फैलाउन बनाएको छिटो र सस्तो नक्कली भिडियो) बढी देखिएको  जहाँ भिडियोहरूको  सन्दर्भ हटाएर सम्पादन गरिएको  बताउनु भएको थियो ।
अनलाइन मिडियाको नाम प्रयोग गरेर नक्कली समाचार फैलाउनु , नपाली  कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत नहाल्न परिपत्र जारी गरेको भन्ने स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको र   नेपालचेकले अनुसन्धान गर्दा त्यो पूर्णतया नक्कली भेटेको थियो जस्ले गर्दा २०७९ को निर्वाचन मा नेपालमा सस्तो तर प्रभावकारी भ्रमको खतरनाक प्रवृत्ति समेत प्रयोग मा आएको तालिम मा बताउनु भएको थियो । कोइराला ले डिजिटल साक्षरता अभाव,नेपाली भाषामा डिपफेक पहिचान कठिन,तथ्य-परीक्षण संस्थाको सीमित क्षमता,राजनीतिक बदनाम गर्ने संस्कार को कारण बाट नेपाल को  निर्वाचन मा विशिष्ट रूपमा  चुनौती थपिएको बताउनु भएको थियो । साथै उहाँले प्रविधिभन्दा पनि हाम्रो सामाजिक संरचना कमजोर कड़ी को रुप मा रहेको बताउनु भएको थियो । नेपाल – डिजिटल प्रयोगको अवस्था बारे बताउँदै नेपालमा करिब १.६६ करोड फेसबुक प्रयोगकर्ता छन् जुन देशको जम्मा जनसंख्याको ५१.८ प्रतिशत हो । इन्स्टाग्राममा ४२.५ लाख र लिंकदेनमा १९ लाख प्रयोगकर्ता रहेको बताउनु भएको थियो ।
साथै उहाँले विश्व बैंकको तथ्यांकअनुसार नेपालको जनसंख्याको ५६ प्रतिशत मानिस इन्टरनेट प्रयोगकर्ता कर्ता छन् । तर, सामाजिक सञ्जाल प्रयोग गर्ने यी मानिसहरुमध्ये अधिकांशले प्राप्त जानकारीको सत्यता जाँच गर्ने क्षमता नराखेको बताउनु भएको थियो  । प्रधान सम्पादक भरत कोइराला ले निर्वाचन को समयमा रिपोर्टिङ गर्ने पत्रकाहरुले उम्मेदवारको  प्रोफाइल सम्पती , शैक्षिक  योग्यता र हाल को राजनीतिक अवस्था र विगत को खोज ,उम्मेदवारको चुनावी खर्च मा हुने अपारदर्शिता , खर्चको निगरानी , उम्मेदवारको गत निर्वाचन मा सार्वजनिक गरेका पुराना प्रतिपद्वता र नयाँ एजेन्डा को तुलनात्मक  विश्लेषण , आचारसंहिता अन्तर्गत मौन अवधिमा  सरकारी स्रोतको दुरुपयोगको रिपोर्टिङ,मतदाता शिक्षा अन्तर्गत बदर मत कम गर्ने तर  मतदान प्रक्रिया भने बुझाउने आदि रिपोर्टिङका मुख्य  ५  व्यावहारिक पक्ष बारे बताउनु भएको थियो । २०७९ को प्रतिनिधि निर्वाचन मा प्रतिनिधि सभा उम्मेद्बार  को लागि २५ देखि ३३ लाख सम्म को खर्च  सिमा छुट्याए पनि खोज रिपोर्टिङ को आधार मा ५ करोड भन्दा माथी  भोज भतेर र नागरिक परिचालन मा खर्च गरेका ,स्थानीय तह प्रमुखको को लागि ४.५ देखि ७.५ सम्म ,सिमा छुट्याए पनि खोज रिपोर्टिङ को आधार मा  १ करोड भन्दा माथी प्रचार/ सामग्री मा खर्च गरेका, आयोग ले डिजिटल बिज्ञापनलाई  सिमा भित्र नसमेटिएको  भए पनि २०७९ को निर्वाचन मा उम्मेद्बारहरुले फेसबुक टिकटकमा लाखौं खर्च गर्नु भएको
ले खोज र व्यबहारिक रिपोर्टिङ ले उम्मेद्बारहरुको पैसा को स्रोत पनि खोज्नु पर्ने बताउनु भएको थियो । विदेशमा रहेका ४० लाख भन्दा बढी नेपालीलाई ‘अनलाइन’ वा दूतावास मार्फत मतदानको अधिकार कसरी दिने ? यो बहसलाई सशक कसरी  बनाउने,एआई र डीपफेक को माध्यम बाट आगामी चुनावमा फेक अडियो र भिडियो मार्फत उम्मेदवारला बदनाम गर्ने जोखिम बढेको छ , यसको प्राविधिक रिपोर्टिङ कसरी गर्ने  २०८२ को निर्वाचन मा उठाउन गर्नु पर्ने मुद्दा  २ दिने निर्वाचन तालिम मा प्रधान सम्पादक भरत कोइरालाले बताउनु भएको थियो । अन्त्यमा उहाँले नेपालमा  – डिजिटल प्रयोगको अवस्था बारे बोल्दै ,सेन्टर फर मिडिया रिसर्च-नेपालको २०२१ को सर्वेक्षण अनुसार  नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने गरेको देखाएको छ,सर्वेक्षणमा सहभागीमध्ये ९२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरी युट्युब, फेसबुक र टुइटर मार्फत  मिथ्या सूचना राख्ने गरेकाले डिजिटल राजनीतिक जोखिम बन्दै लोकतन्त्रकै लागि खतरा बन्न सक्ने बताउनु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0