
पोखरा, असार ३० गते
अहिले देशैभर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम उत्साहका साथ भइरहेको छ । यसै क्रममा २०८३ असार २९ गते “कोशी प्रदेश” पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पहिलो प्रदेश भएको छ । कोशी प्रदेशका १४ वटै जिल्ला, १३७ स्थानीय तह र १ हजार १५७ वडाले पूर्णखोप सुनिश्चितता घोषणा गरेपछि कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
यो आर्थिक वर्षमा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका पहिलो पूर्णखोप गाउँपालिका घोषणा गरिएको थियो भने पाँचथर जिल्ला पहिलो पूर्ण खोप जिल्ला घोषित भएको थियो ।
१६ देखि २३ महिनाको उमेरसम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अतिथीको रूपमा कोशी प्रदेशका मुख्य मन्त्री श्री हिक्मतकुमार कार्कीज्यू तथा विशिष्ट अतिथीका रूपमा प्रदेश स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री मानबहादुर लिम्बुज्यू को उपस्थिती थियो । त्यसैगरी घोषणा कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायज्यू लगायतको उपस्थिती थियो ।स्रोत: राष्ट्रिय खोप कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

