
पोखरा,भदौ १६ गते
विगत चार दशकदेखि पोखराको व्यवसायिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आए का उत्तममान बुद्धाचार्य उद्योगी व्यवसायीको साझा हित, अधिकार र सम्मानका लागि समर्पित पोखरा उद्योग वाणिज्य संघमा सदस्यदेखि कार्यकारी सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षसम्मका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ।
यही लामो व्यवसायिक अनुभव, संघमा निर्वाह गरेका विभिन्न जिम्मेवारी र प्राप्त अनुभवलाई आधार बनाउँदै यसपटक पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नु भएको छ। उहाँको यो उम्मेदवारी पदका लागि मात्र नभई, संघलाई अझ बलियो, व्यवस्थित, पारदर्शी, जवाफदेही र व्यवसायीमैत्री बनाउने जिम्मेवारी रहेको उहाँले बताउनु भएको छ। पोखरा उद्योग वाणिज्य संघलाई सक्षम, अनुभवी, परिपक्व र समन्वयकारी नेतृत्व आवश्यक छ , उद्योगी–व्यवसायीका समस्या सुन्ने मात्र होइन, समस्या बुझ्ने, समाधानका लागि पहल गर्ने र परिणाम निकाल्ने नेतृत्व आवश्यक भएको ले उहाँले त्यो जिम्मेवारी लिन सक्षम र तयार हुनुभएको बताउनु भएको छ।
बलियो संघ, सुरक्षित व्यवसायी समृद्ध पोखरा यही सपना र संकल्प सहित पोखरा उद्योग वाणिज्य संघका गतिविधि र सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही, सुशासनयुक्त र व्यवसायीमैत्री बनाउँदै संघप्रति सदस्यहरूको विश्वास, अपनत्व र भरोसा अझ बलियो बनाउने उहाँको संकल्प रहेको छ।संघलाई विधान, नीति, पद्धति र संस्थागत प्रक्रियाअनुसार सञ्चालन गर्दै उद्योगी–व्यवसायीका वास्तविक समस्या र पिरमर्कालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी समाधानका लागि निरन्तर पहल गर्ने दृढता राख्दै व्यवसायीका सुझाव, सल्लाह, गुनासा र अपेक्षालाई संघको कार्ययोजना र निर्णय प्रक्रियाको आधार बनाउने लक्ष्य राखेको उहाँको भनाइ छ।
संघको गरिमा, व्यवसायीको सम्मान र पोखराको आर्थिक सम्भावनालाई केन्द्रमा राखेर परिणाममुखी नेतृत्व प्रदान गर्न का लागि घरदैलो अभियानका क्रममा व्यवसायि हरूबाट प्राप्त माया, विश्वास, सुझाव र सकारात्मक प्रतिक्रियाले आँफुलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उहाँले बताउनु भएको छ। आसन्न महाधिवेशनमा अध्यक्ष पदमा आँफुलाई अमूल्य मत प्रदान गरी भारी मतले विजयी गराइदिन समस्त उद्योगी व्यवसायीहरूमा हार्दिक अपिल गर्नु भएको छ।

