पोखरा ,असोज ९ गते

नेपाल सरकार स्वास्थ्य तथा खाध स्वच्छता  मन्त्रालय सिंहदरबार, काठमाडौं बाट उच्च सतर्कतासहितका स्वास्थ्य संस्थाहरूको तयारीलाई सुनिश्चित गर्ने कार्य गरिरहेको छ। मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताअनुसार सम्पर्कमा रहने व्यवस्था गरेको छ। विपद्को अवस्थामा स्वास्थ्य सेवाहरूलाई तत्काल परिचालन गर्न सक्ने प्रणालीमा जनशक्ति र द्रुत प्रतिकार्य टोली तयार गरेको छ।

मन्त्रालयले औषधि, स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, र जीवनजललगायतका अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात राखिएको पुष्टि गरेको छ। प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र निरन्तर २४ घण्टामा सञ्चालनमा रहनुका साथै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सूचना आदान-प्रदानमा सक्रियता रहेको छ।

एम्बुलेन्स सेवा १०२ मार्फत उद्धार तथा उपचारमा सहजीकरणका लागि व्यवस्था गरिएको छ, जसले प्रभावित व्यक्तिहरूको तात्कालिक स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्नेछ। गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गर्ने व्यक्तिहरूलाई संभावित प्रसूतिको मिति नजिक आउँदै गर्दा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ। यसअर्थमा, नियमित सेवन गर्नुपर्ने औषधिहरूको पर्याप्त मात्रामा उपलब्धता सुनिश्चित गर्न विशेष ध्यान दिनु पर्ने मन्त्रालय जनाएको छ।

अन्तमा, विपद्का कारण स्वास्थ्य सेवा आवश्यक परेमा स्वास्थ्यकर्मीहरू र सामग्रीलाई तत्काल परिचालन गर्नका लागि सचेत रहनुपर्ने कुरामा खास ध्यान दिनु आवश्यक छ। वर्षा सम्बन्धी जोखिम हुन सक्ने क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउने र सुरक्षित स्थानमा बस्ने सुझाव दिएको मन्त्रालय ले जनाएको छ।स्रोत :नेपाल सरकार स्वास्थ्य तथा खाध स्वच्छता  मन्त्रालय सिंहदरबार, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0