
पोखरा ,असोज ७ गते
यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसको पूर्वतयारीका सन्दर्भमा केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र ७७ वटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टबीच छलफल सम्पन्न। गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा वर्षाको संभावित अवस्था, जोखिमयुक्त जिल्लाहरुमा अपनाउनु पर्ने सतर्कता, सर्वसाधारणमा पुर्याउनु पर्ने सूचना, सवारी आवागमन बन्दलगायतका विषयमा छलफल भयो। छलफलमा गृह मन्त्रालय, नेपाल मेटेरियोलोजिकल डिपार्टमेन्ट, जल विज्ञान तथा जल अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखा, तीनवटै सुरक्षा निकाय, नेपाल पर्यटन बोर्ड, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका निकायका प्रतिनिधिहरुको सहभागिता थियो भने काठमाडौं बाहेकका जिल्ला कमाण्ड पोष्टका अध्यक्षहरु भर्चुअल रुपमा सहभागी हुनु भएको थियो। छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम देखिएका क्षेत्रहरुमा सतर्कता अपनाइ आवश्यक पूर्वतयारीमा रहन आग्रह गर्नुभयो। स्रोत:NDRMMA

