पोखरा ,असोज ९ गते
गैरनाफामूलक सामाजिक शैक्षिक संस्थाका रूपमा २०५१ सालमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (nec) ले ३२ वर्षको गौरवपूर्ण शैक्षिक यात्रा पूरा गर्दै ३३औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवका अवसरमा कलेजले शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक पूर्वाधार विस्तार, नयाँ शैक्षिक कार्यक्रम, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई आगामी प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
वार्षिकाेत्सवकाे अवसरमा आयाेजित कार्यक्रममा कलेज संस्थापक अध्यक्ष स्वर्गीय प्रा.डा. दीपक भट्टराईका सूपुत्र तथा पूर्व कलेज सञ्चालक सदस्य समेत रहेका पूर्व विद्यार्थी इन्जिनियर सलिल भट्टराई, कलेज सञ्चालक समिति सदस्य (शिक्षक प्रतिनिधि) प्राध्यापक सावित्रि त्रिपाठी, कलेज सञ्चालक समिति सदस्य दिनेश खनाल, सहायक प्राचार्य माेहनध्वज केसी तथा प्राचार्य दुर्गा प्रसाद भण्डारीले कलेजले नेपालकाे इन्जिनियरिङ शिक्षामा पुर्याएकाे याेगदानकाे चर्चा गर्दै आगामी दिनमा कलेजलाई अझ गुणस्तरीय बनाएर लैजाने बताउनु भयाे ।
कार्यक्रममा कलेजमा अनवरत २० वर्षभन्दा बढी समय काम गरेर याेगदान पुर्याउनु हुने सह-प्राध्यापक रूपेश दही श्रेष्ठ, सहायक प्रशासक कृष्ण महर्जन तथा सुरक्षाकर्मी राजन कार्कीलाई सम्मान पनि गरेको थियो।
३२ वर्षको यात्रामा हजारौँ दक्ष इन्जिनियर उत्पादन गर्दै राष्ट्र निर्माणमा पुर्‍याएको योगदानलाई निरन्तरता दिँदै NEC अब अझ गुणस्तरीय, प्रविधिमैत्री र अनुसन्धानमुखी इन्जिनियरिङ शिक्षाको दिशामा अघि बढ्दै रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0