पोखरा ,माघ २७ गते
मिति २०८१।१०।२७ गते अंन्दाजी ००:५८ बजेको समयमा जिल्ला कास्की
पोखरा महानगरपालिका वडा नं.0 ६ बैदाम स्थित ३ नं स्ट्रिटमा लेकसाईडबाट
शहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नं. को मो.सा. चालकले नियन्त्रण
गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोकिन गई दुर्घटना हुँदा मो.सा. मा
सवार निम्न २ जना घाईते भई उपचारको लागी GMC अस्पताल लगिएको । उक्त
स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई उक्त सवारी
साधन नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ।
निम्न घाईते :-
1. मो.सा. चालक जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २४ कास्कीकोट बस्ने
बर्ष २१ को सफल रानाभाट, उपचारको क्रममा ऐ.०२:१८ बजे चिकित्सकले
मृत घोषणा गरेको ।
2. सोही मो.सा.को पछाडी सवार जिल्ला कास्की पोखरा म.न.पा. वडा नं ८
सिमलचौर बस्ने बर्ष २१ को सुजल अधिकारी, ऐ.०२:१४ बजे उपचारको
क्रममा चिकित्सकले मृत घोषणा गरेको ।

