Home Top-Headline ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ हुने भएको छ

ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ हुने भएको छ

0

पोखरा ,माघ २७ गते

ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ – २०८२ हुने भएको छ

नेपाल भ्रमण वर्ष २०२५, नेपाली नयाँ वर्ष २०८२ तथा पोखरा महानगरपालिकाले घोषणा गर्न लागेको पोखरा भ्रमण वर्ष २०२५ को पावन अवसरमा श्री मानव सेवा फाउण्डेसन, नेपाल लगाएत आदि सस्थाहरूले आउँदो मिति २०७२ वैशाख १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म नेपाल्न दृष्टको मातहतमा रहेको बाराहीघाट क्षेत्रको भूमि (लेकसाइड) साथै पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको मातहतको वैदाम, क्याम्प क्षेत्रको भूमि (लेकसाइड), पोखरा-०६, कास्कीमा राष्ट्र शान्ति, विश्व कल्याण एवं आम नेपालीको सुख, शान्ति तथा समृद्धिको कामनाले हामी पी विशाल आयोजना गर्न लागिएको छ। । साथै पोखरालाई मुक्तिद्वारको रुपमा चिराउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल, मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने हामीले उजेलो उद्देश्य बोकेका छौं। धार्मिक पर्यटनवृद्धिले राष्ट्रको सर्वतोमुखी विकासमा सशक्त सहयोग पुर्याउने हाम्रो सङ्कल्प अनुरूप पोखरा १८ सिमपानी स्थित कैलाश धाम शिवमणि मन्दिर तथा पोखरा ६. बैदाम स्थित मुक्तेश्वर शिव मन्दिर मुश्रीधानको सर्वागिण विकास सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरूको पालन, संरक्षम आदि सहयोगार्थ आयोजित ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ लाई सभ्यभव्य रुपमा सम्पन्न गर्ने आयोजक ले पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो।
यस कोटिहोम महायज्ञमा भागवत कन्या प्रवक्ता सुश्री अनुराधा पाण्डेज्यू, चर्चित श्रीराम कथा प्रवक्ता देवी चन्द्रकला सखी ज्यू, अंतर्राष्ट्रीय कथा प्रवक्ता श्री देवी प्रतिमाज्यू, वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेलज्यू, भागवत भाष्कर श्री कमलनयन गौतमज्यू, विश्वबिख्यात प्रवचनकर्ता श्री चैतन्य कृष्ण महाराजज्यूबाट कथा वाचन हुने साथै सुप्रसिद्ध कया वाचिका भागवत मञ्जरी राधिका दासी माताज्यू प्रवक्ता देवी सुप्रिया लगाएत कथा प्रवक्ताज्यूहरुलाई  कोटिहोममा निमन्त्रणा आयोजकले जनाएको  छ। नेपालबाट १०० जना भन्दा बढी अतिथि कथा प्रवक्ताज्यूहरुको पनि यस कोटिहोम महायज्ञमा आगमन हुने भएको छ । २०८१ चैत्र १७ देखि २०८२ वैशाख १७ गतै राम्म कोटिहोमको प्राचारार्थ कार्यक्रम आयोजना हुनेछ भने २०८२ बैशाख १७ गते देखि जेठ २६ गते सम्म कोटिहोम महायज्ञ हुने भएको छ । कार्यक्रम अवधिभर शंकराचार्य, जगद् गुरु, साधु, सन्त, महन्त सँगसँगै अन्य विस्व प्रसिद्ध कथा वाचक वाचिकाज्यूहरुको आगमन सहित आशिर्वचन हुने, सम्माननीय उच्च पदस्त व्यक्तिहरु, विभिन्न क्षेत्र, पैसा, बदसावका प्रमुखज्यूहरु लगायत सबै राजनैतिक दलका प्रभावशाली नेताहरुको तथा बहालवाला लगायत भूतपूर्व समेत यस कार्यक्रममा उपस्थित भएर कार्यक्रमको शोभा बढाउन सहयोग गर्नुहुने प्रतिवद्धता सहित कार्यक्रम मा भजनहरु समेत गरी लाखौको उपस्थिति हुने अनुमान समेत गरिएको आयोजकले जनाएको  छ ।
\कार्यक्रमलाइ सफल बनाउनको लागि  संचारकर्मीहरुको  भूमिका पनि महत्वपूर्ण रहने आयोजक भनाइ छ।
नेपाल पूर्वीय दर्शनको केन्द्र हो, यहि ठाउँबाट सृष्टिको सुरुवात भएको हो, यस्ता धार्मिक क्रियाकलापहरुको अत्यन्त ठूलो महत्व छ । यस्ता धार्मिक महोत्सवहरुले सुख, शान्ति, समृद्धि, भक्ती र परगानन्द एकसाथ त दिन्छ नै, साथै हाम्रो उद्देश्य त पोखरालाई मुक्तिद्द्वारको  रूपमा चिनाउन एवं गण्डकी प्रदेशभित्र रहेका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तिर्थ स्थल, मठ मन्दिरहरूको महत्वलाई विश्वभर जिवन्त प्रचार प्रचार गरी धार्मिक पर्यटनलाई तेजोमय गतिमा प्रवर्धन गर्ने   उद्देश्य बोकेको आयोजको भनाइ रहेको छ  । साथै पोखरा , सिमपानी स्थित कैलाश धाम शिवमगि मन्दिर तथा पोखरा ६ बैदाम स्थित मुक्तेश्वर शिव मन्दिर मुक्तीधामको सर्वागिण विकास सँगसँगै गण्डकी प्रदेशका विपन्न, अभिभावक विहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकहरुको पालन, संरक्षण आदि सहयोगार्थ उद्देश्यका साथ गर्न लागिएको यो महाअभियान हो आयोजको भनाइ रहेको छ  ।
यस ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त शंकराचार्य, जगद् गुरु, सन्त-महात्मा, विद्वान विदुषी, प्रसिद्ध का व्यासज्यूहरुको मुखारविन्दवाट नि सृत पवित्र मन्त्रोचारण र सुमधुर स्वरमा प्रवाहित अमृतमध, सङ्गीतमम, लीलामय श्रीमद्भागवत कथाको अलौकिक दिव्य प्रवचन हुनुका साथै सन्त महात्माहरुवाट विज्ञान सम्मत अध्यात्म र विज्ञानको समन्वयात्मक दार्शनिक प्रवचनबाट लाखौं श्रोताहरूले जीवन, जगत र ईश्वरको रहस्य थाहा पाएर धर्म र अध्यामको बधाई बोध गर्नका साथै ज्ञान गगामा स्नान गरी भगवानको कृपाबाट प्राप्त यस अमूल्य मानव जीवनलाई कृतार्थ तुल्याउँदै पस्तो ऐतिहासिक कार्यक्रममा सहभागी भई अमृत कथाको श्रवण गरी अक्षय पुण्य लाभ लिनुहुन सम्पूर्ण नागरिक समाज, साधुराज्जन समाजसेवी बुद्धिजिवी, भक्तजनवृन्द ,पत्रकार, राजनैतिक, राष्ट्रसेवक एवं सम्पूर्ण युवा शक्तिः जनप्रतिनिधी, मातृ शक्ति र मानव समुदाय तया श्रद्धालु भक्तजनहरुलाई  ऐतिहासिक महासत्संकल्प पुरा गर्ने पुनित कार्यमा सहभागी भएर आफ्नी तर्फबाट यथासक्य सहयोग गरिदिने अपेक्षा आयोजकले पत्रकार सम्मेलनमा जानकारी गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here