Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

घर Top-Headline सौराहामा , माघ २९ देखि १९औँ संस्करणको खाना महोत्सव हुने...

सौराहामा , माघ २९ देखि १९औँ संस्करणको खाना महोत्सव हुने भएको छ

231


 

चितवन  , माघ २७ गते

चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा यही माघ २९ देखि आगामी फागुन ३ गतेसम्म १९औँ संस्करणको महोत्सव हुन लागेको हो।

प्रणय दिवसको अबसर पारेर हरेक बर्ष सौराहामा खाना महोत्सव हुँदै आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

महोत्सवमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो।

उहाँले कार्यक्रम सम्पन्न गर्नका लागि ९० लाख अनुमानित खर्च लाग्ने बताउनुभयो। कार्यक्रम अवधिभर अनुमानित तीन करोड रुपैयाँसम्मको कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ।

हवाई भाडाका कारण नेपालको पर्यटन महँगो भन्दै गएको भन्दै अध्यक्ष गिरीले यसमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो।
अन्तर्राष्ट्रिय टिकट त महँगो छदै छ आन्तरिक उडानमा पनि पर्यटक माथि हवाई भाडामा विभेद रहेकोले राज्यले यसमा गम्भीर भएर सोच्नु पर्ने उहाँले बताउनु भयो।

महोत्सवमा विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो।

महोत्सवका कारण  सौराहाको पर्यटक आगमन ४० प्रतिशतले  वृद्धि हुने उहाँले बताउनुभयो । महोत्सवबाट भएको मुनाफा ‘सौराहाको विकासमा  लगानी गर्छौं उहाँले भन्नुभयो।’
महोत्सव अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा समेत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0