
यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम
पोखरा, श्रावण ०५ गते
यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ आर्ट्स (होटल एण्ड माइस् म्यानेजमेन्ट BA-HMM) सन् २०२१ ब्याचको दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ । यो दिक्षान्त समारोह नेपालमा यति इन्टरनेशनल कलेजद्वारा सञ्चालित थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (SPU) को शैक्षिक कार्यक्रमको पहिलो दीक्षान्त समारोह हो । यस महत्वपूर्ण उपलब्धिले ४५ जना स्नातक विद्यार्थीहरूको सफलतालाई सम्मान गरेका छन् ।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त यस अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने कार्यक्रममा स्नातक विद्यार्थीहरू, उनीहरूका परिवार, प्राध्यापकहरू र प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो । यस ऐतिहासिक अवसरमा सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष श्री सञ्जय कुमार झाले स्नातकहरूलाई बधाई दिँदै विश्वव्यापी आतिथ्य र माइस् (MICE) उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसाथ गर्न आग्रह गर्नुभयो । सफलताको यसै दृष्टिकोणलाई थप प्रस्ट्याउँदै, कलेजका निर्देशक श्री अण राज सिलवालले अभिभावक प्रति कृतज्ञता व्यक्त गर्नुभयो र विश्वव्यापी अवसरहरू खोल्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतालाई थ स्पष्ट पार्नु भयो भने कलेजका प्राचार्य श्री राम दिनेश मिश्रले विद्यार्थीहरूको धैर्यताको प्रशंसा गर्दै दीक्षान्त समारोह अन्त्य नभई जिम्मेवारी र विश्वव्यापी अवसरहरूले भरिएको नयाँ यात्राको शुरुवात भएको कुरामा जोड दिनुभयो ।
संस्थागत विचारहरूमा व्यक्तिगत दृष्टिकोण थप्दै, दिक्षित हुने विद्यार्थीहरु मध्ये श्री सरगम परियारले आफु लगाएत दिक्षित हुने विद्यार्थीहरूको ४ वर्षे शैक्षिक यात्राका अविस्मरणीय पलहरूलाई समेट्दै मन्तव्य राख्नु भयो । त्यसै गरी प्राध्यापक पदम प्रसाद घिमिरेले परम्परागत रूपमा व्यवस्थापन डिग्री कार्यक्रमहरूद्वारा वाहुल्यता रहेको विषयगत क्षेत्रमा यस्तो मानविकीशास्त्रको शैक्षिक पाठ्यक्रमको महत्व र उपादेयताका बारेमा थप स्पष्ट पार्दै होटल एण्ड माइस् म्यानेजमेन्ट जस्तो विशेष क्षेत्रमा ब्याचलर अफ आर्ट्स डिग्री प्राप्त गर्नुको विशिष्ट महत्व र सुन्दरता माथि प्रकाश पार्नु भयो ।
अन्ततः, सांस्कृतिक प्रस्तुति, विद्यार्थीहरूको अनुभव र प्रमाणपत्र वितरणका साथ कार्यक्रम सम्पन्न भयो, जसले विद्यार्थी र कलेज दुवैका लागि एउटा ठूलो कोसेढुङ्गा कायम भएको छ । यस कार्यक्रमले काठमाडौंको बुद्धनगरमा स्थित अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उच्च शिक्षा प्रदान गर्दै आएको यति इन्टरनेशनल कलेजको व्यापक उदेश्यलाई प्रतिविम्बित गर्दछ । थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (SPU) सँगको सहकार्यमा यति इन्टरनेशनल कलेजले उद्योगमैत्री स्नातक तहमा BA-HMM, BA-ABM, BSc-IT र स्नातकोत्तर तहमा MBA कार्यक्रमहरू संञ्चालन गर्दै आएको छ । यी विविध शैक्षिक कार्यक्रमहरु विशेष गरी आजको प्रतिस्पर्धात्मक बजारमा सफल हुन आवश्यक व्यावहारिक सीप र विश्वव्यापी योग्यताले विद्यार्थीहरूलाई सुसज्जित पार्न डिजाइन गरिएका हुन् । यति इन्टरनेशनल कलेज र कलेजका कार्यक्रमहरुका बारेमा अन्य आवश्यक जानकारी फोन नं. ९८५१०३७४८२मा सम्पर्क गरी हासिल गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1

