आन्तरिक राजश्व कार्यालयमा पुनः निशुल्क करदाता सहायता कक्ष संचालन
पोखरा,साउन २ गते ।
आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को आर्थिक सहयोग तथा आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा निशुल्क करदाता सहायता कक्ष को स्थापना गरिएको छ ।
करदाता सहायता कक्ष भवनको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले उद्घाटन गर्नु भयो । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावास Deuputy Head of mission का Mr. Benjamin Seidel, GIZ-RSRSD का head of Program Mr Syed Mehdi Raza Rizvi, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र GIZ-RSRSD का वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी गुरुङ ज्युले करदाता सहायता कक्षले नागरिकलाई सहज तरिकाले कर तिर्ने वातावरण सिर्जना गर्ने बताउनु भयो ।
२०८१ सालमै त्यहाँ कर सहायता कक्ष स्थापना गरिएको थियो । तर, जेनजी आन्दोलनको क्रममा आन्तरिक राजश्ज कार्यालयसँगै सो कक्ष पनि पूर्णरुपमा ध्वस्त भएपछि केही दिन सो कक्षबाट सेवा रोकिएको थियो । लगत्तै पोखरा उद्योग वाणिज्य संघले अस्थायी तवरले नै त्यहाँ कर सहायता कक्ष संचालन गरेकोमा जीआइजेडको सहयोगमा अहिले पहिलेकोभन्दा पनि सुव्यवस्थित कक्ष संचालनमा ल्याइएको हो । स्वागत मन्तव्यको क्रममा कार्यक्रम सभाध्यक्ष ,संघका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघ का कार्यसमिति सदस्य श्री गोकर्ण कार्की ज्यु ले स्वागत मन्तव्यको क्रममा १ महिना २३ दिन चलेपछि कर सहाययता कक्षमा आगजनी भएको सम्झँदै ती निर्जीव सामान जलाएर कसैलाई फाइदा नभएको बरु नागरिकले दुःख पाएको स्मरण गर्नु भयो ।
अध्यक्ष कार्कीका अनुसार कक्षमा ५ वटा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित संघले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।
कार्यक्रममा बोल्दै नेपालस्थित जर्मन राजदूतावास का Deuputy Head of mission Mr. Benjamin Seidel ज्यु ले कर संकलन देश निर्माणको लागि महत्वपूर्ण रहेको र कर तिर्नु नागरिकको दायित्व भएको बताए । कर प्रशासन नागरिक मैत्री हुनुपर्ने बताउँदै उहाले कर सहायता कक्ष निर्माणलाई दातृ संस्था,सरकार,निजी क्षेत्र र नागरिक समाजको सहकार्यको रुपमा अर्थ्याउनु भयो ।
GIZ-RSRSD का head of Program Mr Syed Mehdi Raza Rizvi ज्यु ले कर सहायता कक्षसँगै जिआइजेडले कर शिक्षा कार्यक्रममा पनि सहयोग गर्दै आइरहेको बताउनु भयो ।
आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुंगानाले नागरिकको सुविधाजनक रुपमा कर तिर्न पाउने अधिकारका लागि सो कक्ष स्थापना भएको बताए । उनले अहिले विभिन्न क्षेत्रमा कर छुटको घोषणा भएको बताउँदै त्यसको फाइदा लिन आग्रह गर्नु भयो।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमका अनुसार कर सहायता कक्षमा बसेर करदाताले आफूलाई चाहिने फाइलहरु अनलाइन खोज्न,चाहिएको कागज प्रिन्ट गर्न वा आफ्नो कर विवरण भर्न सक्नेछन् ।स्रोत :पोखरा उद्योग वाणिज्य संघ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0