पोखरा, असोज १० गते ।
यही भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका विभिन्न क्षेत्रहरूमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार बाढीबाट हालसम्म १,४५३ जनाको मृत्यु भएको छ भने ५,५५० जना अझै बेपत्ता छन् ।
बाढी आएलगत्तै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्‌कालीन कार्यसञ्चालन केन्द्र (EOC) सक्रिय गरी सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई तत्काल परिचालन गरेको थियो । स्वयंसेवकहरूले खोज तथा उद्धार कार्यमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचात र समन्वयमा योगदान पुऱ्याएका थिए । बाढीको सूचना प्राप्त भएपछि नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल कुमार भण्डारीको नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी वस्तुस्थिति तथा प्रभावित समुदायको आवश्यकताबारे जानकारी लिई विभिन्न सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरी प्रतिकार्य सञ्चालनलाई अगाडी बढाएको थियो ।
नेपाल रेडक्रस सोसाइटी सङ्कट तथा विप‌द्बाट प्रभावित र जोखिममा रहेका समुदायको जीवनरक्षा तथा मानवीय सहायता र सेवामा निरन्तर समर्पित मानवीय सस्था हो। भोटेकोशी, त्रिशुली नदिमा आएको बाढीबाट प्रभावित समुदायका व्यक्तिलाई केन्द्रमा राखी प्रतिकार्यका गतिविधिहरु सञ्चालन गरिरहको छ। यही प्रतिवद्धताअनुसार, पछिल्लो एक महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटीमार्फत प्रभावित समदायलाई उपलब्ध गराइएका प्रमुख सहयोग तथा सेवाहरू निम्नानुसार रहेका छन :
आवास तथा गैरखाद्य सामग्रीको वितरण: गैरखाद्य सामग्री (NFI) १,२१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल १,३२४ थान वितरण गरिएको छ ।
खाद्य सामग्रीको वितरण : २००० प्रभावित परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको छ ।
खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH): २,२०० घरधुरीमा सेवा पुऱ्याइएको तथा १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरुमा ट्याङ्करबाट समेत पानी वितरण गरिएको छ ।
स्वास्थ्य तथा मनोसामाजिक सहयोगः मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) तथा प्राथमिक मनोसामाजिक सहयोग (PFA) मार्फत बाढीबाट प्रभावित समुदायका १,७१० जना मानिसहरु लाभन्वित भएका छन ।
रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक RCEC सेवा : १,२३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधी अन्य आवश्यक सेवा उपलब्ध गराइएको छ ।
परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना RFL): २.२९१ वटा खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न स्रक्षा निकायहरुलाई २००० शव व्यवस्थापन व्याग उपलब्ध गराइएको छ ।
बहुउद्देश्यीय नगद सहायता नगद तथा भौचर सहायता MPC/CVA: बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङका १९८ र नुवाकोटका २६२ घरधुरी गरी जम्मा ४६० घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको छ ।
समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलनः विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ ।
संरक्षण, लैङ्गिक तथा समावेशीकरणः मर्यादा किट (Dignity Kit) ५८७ किट र स्वच्छता किट Hygiene Kit) १,०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान (CFS) मार्फत १,१८९ जना बालबालिकालाई सेवा उपलब्ध गराइएको छ।
सूचना तथा सहायता कक्ष प्रभावित समुदायलाई सूचना, आबश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन १७ स्थानमा सहायता सूचना डेस्क सञ्चालन गरी सेवा उपलब्ध गराएको छ ।
सूचना, शिक्षा तथा सञ्चार (IEC सामग्री बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनः स्थापना RF, राहत तथा सेवामा पहुंच, बहुउद्देश्यीय नगद सहायता MPC तथा समदायको गुनासा सुझाव देतां गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी नेरेसोको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको छ ।
विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायकों आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रस सोसाइटीको प्राथमिकतामा रहेको.. छ । साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
यस विपद्‌को समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पुऱ्याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (IFRC), रेडक्रसको अन्तर्राष्ट्रिय समिति (ICRC), साझेदार राष्ट्रिय सोसाइटीहरु (PNS), नेपाल सरकार तथा सम्बन्धित सरकारी निकायहरू, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस सोसाइटी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।
विपद्‌को कठिन परिस्थितिमा मानवीय सेवाका लागि आर्थिक, प्राविधिक, सामग्रीगत तथा स्वयंसेवी सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण सहयोगी हातहरूको योगदानले प्रभावित समुदायसम्म आवश्यक सहायता पुऱ्याउन महत्वपूर्ण भूमिका खेलेको छ । आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा प्रतिकार्य तथा पुनर्लाभका कार्यमा निरन्तर सहयोग र सहकार्यको अपेक्षा नेपाल रेडक्रस सोसाइटीले गरेको छ ।स्रोत:Nepal Red Cross Society
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0