पोखरा,असोज ११ गते
कुकुर तथा बिरालोको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान
सामुदायिक कुकुर तथा बिरालोको अनियन्त्रित संख्या नियन्त्रण र रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले इलामको सन्दकपुर गाउँपालिकामा बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। थर्ड पोल संरक्षण संस्था नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा उच्च पहाडी संस्था, इलाम र सन्दकपुर गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको अभियानअन्तर्गत जमुनाको ताल गाउँ, घुम्ती डाँडा क्षेत्र तथा त्रिमिलन–मझुवा टोलमा शिविर सम्पन्न भएको छ।
सामुदायिक कुकुरको संख्या नियन्त्रण र खोप कार्यक्रम वन्यजन्तु संरक्षणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको संरक्षणकर्मीहरूको भनाइ छ। बस्ती तथा वन क्षेत्रबीच आवतजावत गर्ने छाडा कुकुरबाट वन्यजन्तुमा रोग सर्ने, लखेट्ने वा प्राकृतिक गतिविधिमा अवरोध पुग्ने जोखिम रहने भएकाले कुकुर व्यवस्थापन आवश्यक रहेको उनीहरूले बताएका छन्।
विशेषगरी पूर्वी नेपालमा ध्वाँसे चितुवा, छिर्बिरे बिरालो, सुनौलो बिरालो र चितुवा बिरालोजस्ता साना जंगली बिरालोका प्रजाति पाइने भएकाले यस्ता प्रजातिको बासस्थान आसपास सामुदायिक कुकुर व्यवस्थापनलाई संरक्षणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको तेस्रो ध्रुब संरक्षण समाजका कार्यकारी निर्देशक गंगा रेग्मीले बताए ।स्रोत:wildnepal
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0