
पोखरा ,श्रावण ६ गते
काठमाडौँ महानगरपालिकाको आन्तरिक आयमा ५ वर्षको विश्लेषण : लक्ष्य र आय दुवैमा बढोत्तरी
आर्थिक ऐन २०८३ का बारेमा वडा सचिव र लेखामा काम गर्ने कर्मचारीका लागि अभिमुखीकरण
आन्तरिक आय संकलनतर्फ काठमाडौँ महानगरपालिकाको प्रवृत्ति विगत ६ वर्षमा उत्साहजनक देखिएको छ ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८२/०८३ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्दा राजस्व सङ्कलनको दायरा र परिमाण दुवैमा विस्तार भएको देखिएको हो ।
विभागका प्रमुख अधिकारीले दिनुभएको तुलनात्मक विवरण अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा १० अरब ६४ करोड रुपियाँ कुल राजस्व सङ्कलन भएकोमा आर्थिक वर्ष २०८२/०८३ मा यो रकम वृद्धि भई १२ अरब ४ करोड रुपियाँ पुगेको छ । पछिल्लो ६ वर्षको अवधिमा सङ्कलित यो नै सबैभन्दा उच्च राजस्व हो ।स्रोत :काठमाडौँ महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

