पोखरा, श्रावण ६ गते
साउन ५ गते माननीय युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवज्यूको अध्यक्षतामा सूचीकृत वेरोजगारलाई कृषि कार्यक्रमसँग जोडेर दिगो र उत्पादनशील आन्तरिक रोजगारी सिर्जना गर्ने विषयमा अन्तर-मन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा तथा रोजगार सेवा केन्द्र र स्थानीय कृषि शाखाबीच समन्वय गर्ने विषयमा छलफल भएको छ।
आन्तरिक रोजगार प्रवर्द्धन दशक’अन्तर्गत नेपाली युवालाई स्वदेशमै सम्मानजनक र आयमूलक रोजगारी उपलब्ध गराउन सरकार विषयगत मन्त्रालय, निजी क्षेत्र र अन्य सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने मन्त्री यादवले बताउनु भयो।
बैठकमा युवा, श्रम तथा रोजगार, अर्थ, उद्योग तथा कृषि मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रतिनिधिहरू लगायतको सहभागिता थियो।स्रोत:युवा, श्रम तथा रोजगार मन्त्रालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0