काठमाडौँ ,श्रावण १४ गते
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले सामुहिक प्रयत्नले मात्र विपद्को जोखिमसँग जुध्न सकिने बताउनु भएको छ। हिजो काठमाडौंमा सम्पन्न ‘तीन तहका सरकारका दिगो विपद् व्यवस्थापन सुदृढीकरणसम्बन्धी सिकाइ र असल अभ्यासहरू’ विषयक राष्ट्रिय कार्यशालामा आफ्नो धारणा राख्नु हुदै उहाँले विपद् व्यवस्थापनको काम कुनै एक संस्था वा निकायले मात्र गरेर नपुग्ने बताउनुभएको हो। विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त बजेटको व्यवस्थापन हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

कार्यक्रमलाई युरोपियन यूनियनको नेपालस्थित Head of Delegation Veronique Lorenzo, UNDP का आवासीय प्रतिनिधि Kyoko Yokosuka, कर्णाली प्रदेश सांसद विन्दमान बिष्ट, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव विपिन आचार्य, लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरत मणी पाण्डे, सुर्खेतको विरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल (भण्डारी), प्राधिकरणका सहसचिव प्रदीप कुमार कोइरालालगायतले पनि संबोधन गर्नु भएको थियो। स्थानीय सरकार, प्रदेश सरकार र समुदायका प्रतिनिधिहरुको विपद् व्यवस्थापनमा आफूले गरेका कामहरुबारे प्रस्तुतीकरण थियो।स्रोत :ndrrma
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1