
पोखरा ,श्रावण २० गते
रोटरी क्लब अफ भिजन काठमाडौंले रोटरी वर्ष २०२६–२०२७ का लागि आफ्नो दोस्रो पदस्थापन समारोह सम्पन्न गरेको छ । आइतबार साँझ सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
क्लबका अध्यक्ष कृष्णप्रसाद दुलालको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष तथा प्रतिनिधि, रोटरी परिवारका सदस्यहरुको उपस्थिति थियो ।
सो अवसरमा दुलालले क्लबको अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालमा ‘क्रियट लाष्टिङ इम्प्याक्ट’को भावनाअनुसार समुदायमा दिगो प्रभाव पार्ने सेवा कार्यक्रम सञ्चालन गर्ने बताए ।
दुलालले शिक्षा, स्वास्थ्य, सदस्यता विस्तार, सदस्यहरूको नेतृत्व विकास तथा प्रभावकारी सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै डिष्ट्रिक्ट ३२९२ का लक्ष्यसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
उनले ‘यो वर्ष कुनै एक व्यक्तिको होइन, रोटरी क्लब अफ भिजन काठमाडौंको वर्ष हो’ भन्दै सबै सदस्यको सक्रिय सहभागिता र सामूहिक नेतृत्वमार्फत क्लबलाई अझ सशक्त बनाउने बताए ।
अध्यक्ष दुलालले डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीको नेतृत्व तथा मार्गदर्शनप्रति आभार व्यक्त गर्दै क्लबका संस्थापक अध्यक्ष, सदस्यहरु, परिवार, सहयोगी संस्था, प्रायोजक तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति धन्यवाद दिए ।
सो अवसरमा रोटरीको मूल भावना ‘सर्भिस एभव सेल्फ’ तथा यस वर्षको अन्तर्राष्ट्रिय सन्देश ‘क्रियट लाष्टिङ इम्प्याट’ लाई आत्मसाथ गर्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विभिन्न सेवा परियोजनाहरू सञ्चालन गर्ने अध्यक्ष दुलालले बताए स्रोत :corporatenepal.com

