पोखरा ,श्रावण २३ गते

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा आदरणीय एरिना ताम्राकार नियुक्त हुनुभएकी छिन।

त्यसैगरी प्रतिष्ठानको उपकुलपतिमा चन्द्रश्याम डंगोल, सदस्य–सचिवमा कैलाशकुमार श्रेष्ठ तथा परिषद् सदस्यहरूमा जुपिटर प्रधान, कुबिर देवान, सङ्गी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र वीणा पौड्याल नियुक्त हुनुभएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम सम्माननीय प्रधानमन्त्रीले उक्त नियुक्ति गर्नुभएको हो । नयाँ नेतृत्वको,अनुभव र सिर्जनशीलताले नेपाली कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0