साना किसान विकास लघुवित्तको वार्षिक समीक्षा सुरु, आगामी वर्षको कार्यदिशामाथि छलफल
काठमाडौं,साउन २४ गते
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/८४ को कार्यदिशा तर्जुमासम्बन्धी गोष्ठी सुरु भएको छ।
गोष्ठीमा संस्थाले गत आर्थिक वर्षमा गरेका काम तथा हासिल गरेका प्रगतिको समीक्षा गर्नुका साथै आगामी आर्थिक वर्षका लागि तय गरिएका कार्यक्रम र कार्यदिशामाथि छलफल गरिरहेको छ।
गोष्ठीमा संस्थाका विभिन्न शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक अवधिको प्रगति विवरण प्रस्तुत गरेका छन्।
त्यस्तै, संस्थाका विभिन्न विभागले समेत गत आर्थिक वर्षको प्रगति समीक्षा गरेका छन्। तालिम तथा मानवस्रोत विकास, जोखिम व्यवस्थापन, कर्जा, वित्त तथा योजना, कर्जा असुली, निरीक्षण तथा संस्थागत विकास र कर्पोरेट सेवा विभागले आफ्नो कार्यसम्पादन तथा आगामी आर्थिक वर्षको कार्ययोजनाबारे प्रस्तुति गरेका छन्।
गोष्ठीमा शाखा तथा विभागीय प्रस्तुतिमाथि छलफल गर्दै आगामी आर्थिक वर्षमा संस्थाको कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत समीक्षा गरिएको छ।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष खेमबहादुर पाठकबाटले गर्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा विभिन्न विभागका प्रमुखहरूले संस्थाको कार्यसम्पादन र आगामी योजनाबारे धारणा राख्नुभयो ।
गोष्ठीमा कर्जा व्यवस्थापन, कर्जा असुली, जोखिम व्यवस्थापन, निरीक्षण तथा संस्थागत विकास र वित्तीय व्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका साथ छलफल गरिएको छ।
साना किसान विकास लघुवित्तले देशका विभिन्न क्षेत्रमा रहेका शाखामार्फत साना किसान तथा ग्रामीण समुदायलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।स्रोत:साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0