
पोखरा ,श्रावण ४ गते
पूर्वचेतावनीका लागि मोबाइल फोन प्रसारण प्रणाली (Cell Broadcasting for Early Warning) सम्बन्धमा छलफल भएको छ।
मोबाइल फोन प्रसारण एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण हिस्सा हो। यसमा मोबाइल फोन सञ्चार प्रणालीमार्फत विपद्को चेतावनी पठाइन्छ। यो प्रविधिमार्फत् मोबाइलको रेडियो एक्सेस नेटवर्कबाट लक्षित भौगोलिक क्षेत्रमा रहेका सबै मोबाइल फोनमा एकैसाथ सन्देश प्रसारण गर्न सकिन्छ।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षता एवं गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको विशेष उपस्थितिमा भएको छलफलमा विपद् एवं प्रसारण सम्बन्धी संघीय मन्त्रालय एवं निकायका प्रतिनिधिहरुको सहभागितमा थियो।स्रोत :National Disaster Risk Reduction & Management Authority
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

