
डिभिजन वन कार्यलय अर्घाखाँचीले कृषि बालीको संरक्षणका लागि नयाँ पहल
अर्घाखाँची,श्रावण ७ गते
२०८३ सालको साउन १० गतेदेखि कृषि बालीको सुरक्षा र बाँदर व्यवस्थापनका लागि डिभिजन वन कार्यलयले बाँदर हेरालू नियूक्त गर्न लागेको छ। यो योजना विशेषगरी अर्घाखाँची जिल्लाका २६ वटा अत्यधिक प्रभावित क्षेत्रलाई लक्षित गर्दै गरिएको हो।बाँदर हेरालूको लागि दिइने कामको अवधि २ महिना हुनेछ (२०८३ साल साउन १० गतेदेखि २०८३ साल असोज १० गतेसम्म ) र यसका लागि २० जना हेरालूको आवश्यकताको मापदण्ड स्थापित गरिएको छ।
इच्छुक प्रभावित क्षेत्रका नागरिकहरूलाई तीन दिन भित्र आवेदन गर्न आग्रह गरिएको छ। आवेदक बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनु पर्ने ,उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने,कृषि र वन्यजन्तु संरक्षणको क्षेत्रमा रुचि अवश्य हुनुपर्ने,र सामुदायिक वन उपभोक्ता समूह, बन हेरालु वा नर्सरी हेरालुको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने भएको छ। बाँदरको नियमित निगरानी गर्ने र कृषकलाई समयमै जानकारी दिने,बाँदरबाट भएको बाली क्षतिको अभिलेख राख्ने र सम्बन्धित कार्यालयमा जानकारी गराउने ,मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई धपाउने कार्यमा संलग्न हुनुपर्ने कार्य जिम्मेवारी दिइने भएको छ।
थप जानकारीको लागि सुचना अधिकारीको सम्पर्क नम्बर: ९८५८३२१०१६ मा सम्पर्क गर्न सकिने भएको छ।

