१५ औँ संस्करणको चितवन महोत्सव आज बिहीबारदेखि नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा सुरु भएको छ। उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको यो महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ।महोत्सवको उद्घाटन समारोहमा संघका पदाधिकारीहरूले चितवनलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा उचाइमा पुर्‍याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी गराए।हरेक दुई वर्षको अन्तरालमा आयोजना हुने चितवन महोत्सवले कृषि, उद्योग, व्यापार, पर्यटन, र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्दै चितवनको पहिचानलाई थप सशक्त बनाउँदै आएको छ। महोत्सवमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनी, मनोरञ्जनात्मक कार्यक्रम, र स्थानिय उत्पादनका झल्किने स्टलहरू मुख्य आकर्षण हुनेछन्। महोत्सवले यहाँका स्थानीय व्यवसायी, किसान, र साना उद्यमीलाई आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै चितवनको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0