
NCELL पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा, नेपाल को आयोजना मा आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ माघ १२ गते देखि १९ गते सम्म पोखरा को रंगशालामा हुने भएको आज पत्रकार सम्मेलन मा विज्ञप्ति मार्फत जानकारी गराइएको थियो।विभिन्न पेशा व्यवसायमा सफलता प्राप्त गरी समाजसेवामा लागेका युवाहरु मिलेर स्थापना गरिएको संस्था टाइगर ग्रुप अफ पोखरा नेपालभलिबल संघद्धारा स्वीकृत तथा संयोजनमा, सुश्री मिडिया प्रा.लि को विशेष समन्वयमा यही २०८१ माघ १२ देखी १९ गते सम्म पोखरा रंगशालामा हुन गइरहेको NCELL पाचौ टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता-२०८१ को तयारी द्रुत गतिमा अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
प्रतियोगिताको विशेष सहयोगीको रुपमा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, रोड शो ईन प्रासी, अन्नपूर्ण युवकार प्रामी, EXTEP FASHION SPORTS, बेल्मी नेपाल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, विश्वकमां सप्लायर्स, कास्की जिल्ला खेलकुद विकास समिति, पर्वत कलव डकड व्यवस्थापन गण्डकी प्रदेश भलिबल संघ जिल्ला भलिवन संघ कास्की, मेडिकल पार्लर गच्डकी मेडिकल कलेज, चरक नेमोरियल हस्पिटल, निट डेन्टल केयर प्रा नी महेन्दपुल, हस्पिटालिटी पार्टनर बाराही होटल, होटल माउण्ट कैलाश रिसोर्ट नेक्साईड पोखरा, कुटी रिसोर्ट लेकसाईड पोखरा होटल ऐल्लो पेगोडा ड्यामसाइड पोखरा, Bodhi Suites Boutique Hotel and Spa lakeside Pokhara. Hotel peace plaza pokhara. Hotel Pokhara village lakeside नमस्ते कोरियन रेष्टुरेण्ट बुद्धचोक पोखरा, ईन्सोरेन्स पार्टनर आईजीआई प्रुडेन्सियल इन्सोरेन्स, पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण खेलाडीहरु लगाएत अन्य संघ/संस्था एवं व्यक्तिहरुको सहयोग रहेको सम्मेलन मा जानकारी गराइएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी कुन १२ टिमको सहभागिता हुने भयको छ । प्रतियोगितामा विदेशी टिमहरुले भाग लिनु नेपानी भलियन प्रेमीका लागि सुखद खबर रहेको विज्ञाप्ति मार्फत जानकारी गराइयको थियो। । NCELL पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल प्रतियोगिता पुरुषतर्फ भारतको सुनिल भलिवल कुरुक्षेत्र र महिलातर्फ ट्रानल इङ्क्वाइरि युनाईटेड प्यासन भलिवल क्लब सिसाकेट , थाइल्याण्ड प्रतिस्प्रधा गर्ने भयको छ। जानकारी गराउन पाउँदा रामी गौरवान्चित भएका छौ साथै गण्डकी प्रदेशको पुरुष र आयोजक महिला टिममा ३/३ जना विदेशी खेलाडी सहभागी हुने भएको छ। यस पटक पुरस्कार राशीमा वृद्धि गरी प्रथम पुरस्कार रु ५,८५,५५५, द्वितीय पुरस्कार रु २८५ ,५ ५५, र तृत्तिय पुरस्कार १,८५,५५५ रहेको छ भने सर्वजत्कष्ट हुन सफल खेलाडीलाई नगद रु २५,७७७ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने भयको छ ।यस प्रतियोगिता आयोजना गर्दा करिब १ करोड पच्चिस लाख रुपैया खर्च लाग्ने अनुमान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।मुलुकको आर्थिक अवस्था जटिल भएकाले प्रायोजक र आर्थिक सहयोग अपेक्षा गरे अनुसार जुट्न नसकेको पनि विज्ञप्ति मा उल्लेख गराइएको थियो।

