पोखरा ,माघ ११ गते

खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय पोखराको आ.व. २०८१/०८२ को दोश्रो त्रैमासिक तथा अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठि आज सम्पन्न भएको छ । सम्पन्न गोष्ठि को प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ का  वरिष्ठ खाध अनुसान्धन अधिकृत कमल प्रसाद रेग्मी ,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा का  वरिष्ठ खाध अनुसान्धन अधिकृत नवराज दाहाल ,राष्ट्रिय उपभोक्ता मंच कास्की का अध्यक्ष राजेन्द्र लिगल ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन बाग्लुङ्ग का निमित्त प्रमुख सहेंसा कुमार मेहता लगाएत अन्य उपस्थितिहरू रहनु भयएको थियो। समिक्षा गोष्ठि को प्रस्तुतकर्ता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का खाद्य अनुसन्धान अधिकृत / सूचना अधिकारी विजन श्रेष्ठ ले गर्नु भएको थियो।खाद्य तथा गुण नियन्त्रण प्रविधि कार्यालय पोखराको कार्यक्षेत्र : उद्योगहरुको अनुज्ञापत्र सम्बन्धि कार्य गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला रहेको र खाद्य बजार, होटेल रेस्टुरेन्ट तथा संयुक्त अनुगमनको कार्य कास्की, पर्वत र स्याङजा जिल्ला भएको ,२०७८ कार्तिक २ गते देखि साबिक को खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा वाट खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भएको र पोखरा कास्कीमा स्तरोन्नति भएको जानकारी , २०७९ श्रावण १ गते देखि यस कार्यालयबाट प्रयोगशाला विश्लेषण सेवा संचालन गरि गण्डकी प्रदेश भित्र प्रयोगशाला सेवा सुरु गरिएको जानकारी दोश्रो त्रैमासिक तथा अर्ध वार्षिक प्रगति समिक्षा गोष्ठि मा भएको थियो। गोष्ठि मा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारि तथा नवीकरण, खाद्य तथा दाना उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन निरीक्षण, खाद्य तथा दाना नमूना संकलन, खांद्य तथा दाना नमूना विश्लेषण, खाद्य तथा दाना ऐन अनुरुप कारवाही र राजस्व संकलन तथा वित्तिय प्रगति बारे कार्यक्रम मा जानकारी गरिएको थियो।दोश्रो त्रैमासिक अवधिमा  खा.प्र.गु.नि.का., पोखराबाट ९७ वटा अनुमति पत्र जारि ,नविकरण तथा सिफारिस गरिएको , खाद्य तथा दाना उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन निरीक्षण अन्तर्गत ११,१०,८६,३,र ६ पटक ,गरियको गोष्ठिमा जानकारी गराइएको थियो। दोश्रो त्रैमासिक मा मुद्दा दायरि मारवाडी सेवा भोजनालय प्रा लि पोखरा प्रतिवादी रहेको छ भने हाल सम्म ३ वटा मुद्दा दायरि रहेको जानकारी पनि गोष्ठि मा जानकारी गराइएको थियो। राजस्व संकलन प्रथम त्रैमासिक मा भन्दा दोब्बर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा का प्रमुख नवराज दाहाल ले बताउनु भएको थियो। दोश्रो त्रैमासिक मा ५ वटा होटेल हरुलाई लोगो वितरण अन्तर्गत , ३ वटा लाइ अति उत्तम लोगो ,२ वटालाई उत्तम लोगो वितरण गरिएको  सूचना अधिकारी विजन श्रेष्ठ ले बताउनु भयो। समस्या तथा चुनौती अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा को आफ्नै भवन नभएको गुनासो कार्यक्रम संचालक पोखरा का खाद्य अनुसन्धान अधिकृत / सूचना अधिकारी विजन श्रेष्ठ ले बताउनु भएको थियो दोश्रो त्रैमासिक अवधिमा जफत नष्ट अन्दाजी अन्तर्गत खा.प्र.गु.नि. का पोखरा ले  रु १३,७०० /-,डिभिजन कार्यालय तनहुँ रु ७१,१४६ /- डिभिजन कार्यालय बागलुङ्ग रु ३८,३१६ जफत गरेको जानकारी गराइएको थियो। खा.प्र .ग.नि. का पोखरा अन्तर्गत दोश्रो त्रैमासिक प्रयोगशाला विश्लेषण विवरण अन्तर्गत जम्मा विश्लेषण संख्या ६९५ मा प्रतिकुल नमुना संख्या २६ प्रतिकुल प्रतिशत ३.७४ , हाल सम्मको प्रगति १५९७ जम्मा विश्लेषण संख्या ८३ प्रतिकुल नमुना संख्या र ५.२० प्रतिकुल प्रतिशत रहेको जानकारी गराइएको थियो।दोश्रो त्रैमासिक अवधिमा खाध स्वच्छता सम्बन्धि तालिम ,अन्तरक्रिया ,उपभोक्ता भेला अन्तर्गत पोखरा ९ कास्की ,पोखरा ७ कास्की ,पोखरा १० कास्की ,पोखरा ६ कास्की र गैडाकोट न. पा . नवलपरासी (ब. सु.पु) मा गरिएको जानकारी विजन श्रेष्ठ ले बताउनु भएको थियो।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा का  वरिष्ठ खाध अनुसान्धन अधिकृत नवराज दाहाल ले कम्तिमा पनि डिभिज कार्यालयहरुलाई सिफारिस सम्म दिन दिलाउन सकियो भने सबैलाई सहज हुने विश्वास कार्यक्रम मा बताउनु भएको थियो। भने प्रमुख अतिथि रहनु भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ का  वरिष्ठ खाध अनुसान्धन अधिकृत कमल प्रसाद रेग्मी ले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा को आफ्नै जग्गा नाभायाकाले प्रयोगशाला बढाउन पनि नसकिने भएकाले , जग्गा प्राप्तिको लागि कोसिस गर्नुपर्ने आबश्यक रहेको औल्याउनु भएको थियो , त्येस्तै गरेर उहाँले खाध स्वच्छता हुनु आवश्यक रहेको हुँदा यो कार्य गर्नको लागि सबैको हातेमालो आबश्यक रहेको बताउनु भएको थियो। उहाँले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरालाइ चाहिने प्रयोगशाला मेशिन लगायत अन्य प्रभावकारी जनचेतना मुलक कार्यक्रम को लागि थप बजेट बिभाग बाट मिलाउन सकिने पनि उहाँले बताउनु भयएको थियो।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0